• ३ असोज २०८३, शनिबार
  • ८ः३७ राती

नेपाल–भारत सिमा सिल लगाउदा, मकैबारी हुन्छ आवतजावत

प्रकाशित मिति

२०७७ बैशाख २८ गते, आईतवार ०७:३७

विराटनगर । कोरोना भाइरस संक्रमणबाट रोकिन नेपाल–भारत दुवै देशका सरकारले सीमा सिल गरेको छ। तर, सीमा क्षेत्रका बासिन्दाले खुला सीमाका कारण सीमा वारपार गर्ने गरेको छ। मोरङको सीमावर्ती स्थानीय तहको विभिन्न क्षेत्रबाट आवतजावत गर्ने गरेको हो।

National Life

दुवै देशका सीमा सुरक्षाबल सीमा तैनाथ गरिएको अवस्थामा पनि खुला सीमाका कारण दक्षिणी भू-भाग भारतको बिहार राज्यसँग जोडिएको क्षेत्रबाट नेपाल आउने गरेको हो। सीमा क्षेत्रका भारतीय राति-राति नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको कडा सुरक्षाबीच पनि मकैघारी हुँदै नेपाल प्रवेश गरिएको पाइएको छ।

सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा एक/एक किलोमिटरमा पाल टाँगेर बसेको र नेपालबाट भारत र भारतबाट नेपाल प्रवेश गर्नमा रोक लगाएको तथा दिनरात नभनी सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको दाबी रहेको छ ।अन्नपूर्ण पोष्ट्बाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया