• ४ असोज २०८३, आइतबार
  • ७ः१३ बेलुका

सीमा सुरक्षा गर्न नसक्नु सरकारको दोष

प्रकाशित मिति

२०७७ बैशाख २८ गते, आईतवार ०७:५१

 

National Life

काठमाडौं । भारतले नेपाली भूमि मिचेर मानसरोवर जाने सडक बनाउँदा सरकार बेखबर रहेकोमा विभिन्न राजनीतिक दलका नेताले सन्देह व्यक्त गरेका छन् ।उनीहरुले नेपाली भूमि अतिक्रमण हुनुमा नेपाल सरकार पनि दोषी रहेको टिप्पणी गरेका छन् ।

सीमा सुरक्षा सरकारको दायित्व भए पनि गम्भीर नदेखिएको उनीहरुले बताएका छन् । ‘यसमा नेपाल सरकारको बढी दोष छ । सरकारले काम रोक्न किन भनेन अहिलेसम्म ?’

Classic Tech Mobile
Classic Tech Desktop

उनीहरुको एउटै स्वर छ, ‘जनतामा राष्ट्रवादका नारा दिने र व्यवहार उल्टो गर्ने सरकारको चरित्र उदाँगो भएको छ ।’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक भारतले उद्घाटन गरेकोबारे सरकारसँग जवाफ मागेको छ ।अन्नपूर्ण पोस्ट्बाट साभार

प्रतिकृया