• ३ असोज २०८३, शनिबार
  • २ः०२ दिउँसो

लकडाउन एक साता लम्ब्याउन उच्चस्तरीय समितिको सिफारिस

प्रकाशित मिति

२०७७ बैशाख १३ गते, शनिबार ०६:३८

काठमाडौं, कोरोना रोकथाम तथा रोकथाम उच्चस्तरी समन्वय समितिले लकडाउन एक साता थप गर्ने निष्कर्षमा पुगेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बसेको समितिको बैठकमा समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने बताएका हुन् । सरकारले गत वर्ष चैत ११ गतदेखि देश लकडाउ गर्दै आएको छ । चौथो पटक थपेको लकडाउन यही वैशाख १५ गते राति १२ बजेबाट सकिँदै छ ।

National Life

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन प्रभावकारी भएकै कारण मुलुकमा कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष निकालेको थियो । यद्यपि बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला पार्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्प समेत आएको थियो ।

त्यही राय बोकेर समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहितका मन्त्रीहरु बालुवाटार पुगेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यदलको राय र बैठकमा आएका विकल्पहरुबारे ब्रिफिङ गर्नेछन् । तर, यसको निर्णय आइतबार बस्ने मन्त्रिपरिषदको बैकले गर्ने छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया