चाँगुनारायणले ड्रोनले नगर सर्वेक्षण गर्दै
प्रकाशित मिति
२०७७ बैशाख १३ गते, शनिबार ०७:३०
भक्तपुर, चाँगुनारायण नगरपालिकाले आजदेखि बैशाख मसान्तसम्म नगरक्षेत्रको मुख्य बस्ती एवं सडकहरुको ड्रोन सर्वेक्षण एवं नक्साकंनको कार्य सुरु गरेको छ । यस नगरपालिकाका केही क्षेत्रहरु त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलसँगको हवाईमार्ग पर्ने र सडकहरुमा हुने सवारी चापको कारण अन्य समयमा यस कार्य क्षेत्रमा निकै चुनौतिपूर्ण हुने भएकोले मुलुकमा भईरहेको लकडाउनको बाबजुत ड्रोन सर्वेक्षण एवं नक्साकंन गर्न लागिएको हो ।
काठमाडौँ उपत्यका सबै स्थानीय तहहरुमा ड्रोन सर्वे एवं नक्साकंन गर्ने उद्देश्य राखेको यस परियोजनको पहिलो र परिक्षण सर्वे चाँगुनारायण नगरपालिकामा गर्न लागिएको हो । यस परियोजनाको लागि राज्यका अन्य निकायहरुसँगको आवश्यक समन्वय एवं स्विकृती नगरपालिकाले प्राप्त गरिसकेको छ ।
यस परियोजना काठमाडौँ विश्वविद्यालय एवं ICIMOD को मार्गदर्शमा तपशिल बमोजिमकोे संघसंस्थाहरु निशूल्क रुपमा संलग्न रहेका छन् । नगरपालिकाले यस कार्यमा सहयोग गर्ने संघसंस्थाहरुलाई धन्यबाद समेत दिएको छ ।
नगरपालिकाको अनुरोध :
यस कार्य सम्पादनमा नगरभित्र पर्ने ग्राउण्ड पोइन्ट स्टेशनको लागि पर्ने ठाँउहरुमा अकिंत गर्न आवश्यक सहयोग एवं समन्वय गरिदिनुहुन सम्पूर्ण संघसंस्था, सामुदाय एवं सम्पुर्णमा हार्दिक अनुरोध गरिन्छ ।
आफ्नो घर आँगन, खेत, बारी एवं अन्य क्षेत्रमाथि देखिने ड्रोन यन्त्रहरुलाई नगरपालिकाको परियोजना अन्तरगत उडान भईरहेको रुपमा लिई सहजता अपनाउनुहुन सम्पूर्ण नगरबासीमा अनुरोध गरिन्छ ।
आफ्नो क्षेत्रमा हुन गईरहेको ड्रेन सर्वेक्षण एवं नक्साकंनको बारेमा विस्तृत जानकारीको लागि यस नगरपालिकाको सूचना प्रविधि अधिकृत श्री सिद्धान्त न्यौपानेलाई सम्पर्क गर्नुहुन एवं आवश्यक सहजीकरणको लागि समेत सम्पूर्ण वडा अध्यक्ष एवं जनप्रतिनिधिज्यूहरु लाई हार्दिक अनुरोध गरिन्छ ।






प्रतिकृया