• ४ असोज २०८३, आइतबार
  • ८ः२९ राती

डोटीमा एक महिलाको रहस्यमय हत्या

प्रकाशित मिति

२०७७ बैशाख १३ गते, शनिबार ०८:५२

डोटी । डोटीको शिखर नगरपालिका–८ गोपघाटमा एक महिलाको रहस्यमय ढंगले हत्या भएको छ ।
शुक्रबार बिहान करिब ४ बजेतिर आक्रमणमा परी गम्भीर घाइते भएकी अन्दाजी २८ वर्षीया राजु दमाईको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको छ।

National Life

प्रहरीका अनुसार राजुका श्रीमान् कृष्ण दमाईले प्रहरीलाई आफ्नो श्रीमतीमाथी अज्ञात व्यक्तिले आक्रमण गरेको बताएका छन् । बिहान ४ बजे म शौचालय गएका बेला श्रीमतीमाथि आक्रमण भएको तर आक्रमण कसले गर्यो भन्नेबारे आफूलाई थाहा नभएको कृष्णले बताएका छन् ।

राजु र कृष्ण श्रीमान–श्रीमती हुन् । उनीहरु राति सँगै सुतेका थिए । घाँटी र टाउकोमा गम्भीर चोट लागेको अवस्थामा बिहानपख कृष्णकी श्रीमती राजु फेला परेकी थिइन् ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसपछि उनलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा लगिएको थियो । अस्पताल पु‍र्‍याएको केहीबेरमै उनको मृत्यु भएको तिलताली प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक नरेन्द्र टमटाले जानकारी दिए ।

डडेल्धुरा अस्पतालमै पोष्टमार्टम गरेर शनिवार दाहसंस्कार गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए । उनले घटनास्थलमा कुनै हतियार पनि फेला नपरेको बताए ।

हत्या अनुसन्धानका लागि श्रीमान् कृष्ण दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको बोहराले जानकारी दिए । मृतकका दुई छोरा र एक छोरी छन् । बोहराले यस घटनाको बारेमा थप अनुसन्धान गरिरहेको बताएका छन् ।

प्रतिकृया