• ३ असोज २०८३, शनिबार
  • ११ः५७ बिहान

पुर्वसचिव उपाध्यायलाई तत्काल रिहा गरियोस : तरुण दल

प्रकाशित मिति

२०७७ बैशाख ११ गते, बिहीबार ०४:२४

काठमाडौं, नेपाल तरुण दलले सरकारविरुद्ध सामाजिक सन्जालमा लेखेको भन्दै पक्राउ गरिएका पुर्व सचिव भीम उपाध्यायलाई ततकाल रिहा गर्न माग गरेको छ । तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले बिहिबार विज्ञप्ति जारी गर्दै झुटा आरोप लगाई पक्राउ गरिएको भन्दै तत्काउ बिना सर्त रिहा गर्न माग गर्नुभएको छ ।

National Life

सरकारले लोकतन्त्रका मूल्य मान्यता माथि नै धावा बोलेको पनि तरुण दलले आरोप लगाएको छ । ‘झुटा आरोप लगाई पक्राउ गरिएका भिम उपाध्यायलाई तत्काउ बिना सर्त रिहा गर्नका लागी जोडदार माग गर्दछौ । साथै आगामी दिनमा यस्ता लोकतन्त्र बिरोधी गतिविधि नरोकिए लोकतन्त्र रक्षाका लागि नेपाल तरुण दल जस्तो सुकै आन्दोलन गर्न तयार रहेको कुरा जानकारी गराउँछौ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रेस विज्ञप्ती

Classic Tech Mobile
Classic Tech Desktop

लोकतन्त्र दिवसको अवसरमा स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण लोकतन्त्र प्रेमी दाजुभाई दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु साथै लोकतन्त्र स्थापनाका लागि ज्यानको आहुती दिने ज्ञात अज्ञात शहिद प्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दछौ ।

हामी लोकतन्त्र स्थापनाको यो पवित्र दिवस मनाई रहंदा सरकार भने लोकतन्त्रका मूल्य मान्यता माथि नै धावा बोल्दै लोकतन्त्रका सुन्दर गहना अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्रपूर्वक जीवनयापन गर्न पाउने अधिकार माथि कुठाराघात गरिरहेको छ । यसै सिलसिलामा सरकारका कुकृत्यको बिरोध गरेर सामाजिक संजालमा आफ्ना अभिव्यक्ति राखेका कारण हिजो मात्र नेपाल सरकार पुर्व सचिव इन्जिनियर भिम उपाध्यायलाई पक्राउ गरिएको छ भने बिपक्षी पार्टीका केही सांसदलाई अपहरणको शैलीमा होटल भित्र बन्धक बनाईएको भन्ने सुन्नमा आएको छ ।

सबैको अभिभावक र रक्षक बन्नु पर्ने सरकार आफै यस्ता घृणित कार्यमा लाग्नु निन्दनीय छ । सरकारका यस्ता निच कार्यको घोर भर्सना गर्दछौ । झुटा आरोप लागाई पक्राउ गरिएका भिम उपाध्यायलाई तत्काउ बिना सर्त रिहा गर्नका लागी जोडदार माग गर्दछौ साथै आगामी दिनमा यस्ता लोकतन्त्र बिरोधी गतिविधि नरोकिए लोकतन्त्र रक्षाका लागि नेपाल तरुण दल जस्तो सुकै आन्दोलन गर्न तयार रहेको कुरा जानकारी गराउछौ ।

जय नेपाल जय तरुण ।

जित जंग बस्नेत
अध्यक्ष

प्रतिकृया