• २२ भदौ २०८३, सोमबार
  • ४ः४३ बेलुका

जुम्लामा विदेशबाट आएका व्यक्तिका कारण गाउँमा त्रास, सबै तहमा आरडीटी हुने

प्रकाशित मिति

२०७७ बैशाख ४ गते, बिहीबार ०६:०५

जुम्ला । जुम्लामा भारत तथा तेस्रो मुलुकबाट भित्रिएकाहरुको र्‍यापिड डाइगोनोस्टिक टेस्ट गर्न स्वास्थ्यकर्मीको टोली खटिएको छ । यसअघि स्वाब लिन नसकेका र क्वारेन्टाइनमा नबसेका तथा विदेशबाट भित्रिएका सबैको कोरोना भाइरसको आरडीटी गर्न थालिएको हो ।

National Life

जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटा नेतृत्वको टोली हरेक स्थानीय तहको पायक पर्ने स्थानमा पुगेर द्रूत निदानात्मक परीक्षण गर्न थालिएको हो ।

जिल्लामा विदेशबाट भित्रिएकाहरुका कारण गाउँमा त्रास सिर्जना भइरहेको हुदा, गाउँमा आएर स्वास्थ्यकर्मीको टोलीले परीक्षण गर्न थालेपछि स्थानीयवासीमा खुसी छाएको तिला गाउँपालिका वडा नं १ की उमाकला सार्कीले जानकारी दिए ।

Classic Tech Desktop

यसैबीच, तातोपानी गाउँपालिकाका छ स्वास्थ्य संस्थामा ६ र ६ का दरले २४ थान पीपीई जनस्वास्थ्य कार्यालय जुम्लाले दिएकाले काम गर्न सजिलो हुने स्वास्थ्य शाखाले जनाएको छ।

त्यस्तै, जुम्लामा एक नगरपालिकासहित सात गाउँपालिकाले कोभिड १९ स‌ंक्रमितका लागि तयार गरिएका दुई सय ६६ शय्याको क्वारेन्टाइन खाली हुँदै गएको छ । तातोपानी गाउँपालिकाले ६४ शय्याको क्वारेन्टाइनमा १२ र हिमा गाउँपालिकाले ३० शय्याको क्वारेन्टाइनमा २० जनालाई राखेको स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईँले बताए ।

प्रतिकृया