• २७ भदौ २०८३, शनिबार
  • २ः०७ राती

क्वारेन्टाइनमा बस्नेलाई दैनिक भत्ता

प्रकाशित मिति

२०७७ बैशाख १ गते, सोमबार ०५:३५

पोखरा, गण्डकी प्रदेश सरकारले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइनमा बस्नेहरुलाई दैनिक ५१० रुपियाँ भत्ता दिने निर्णय गरेको छ ।

National Life

चैत महिनाभित्र बाहिरबाट आएकाहरुलाई स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा धेरै भन्दा धेरै व्यक्तिहरुलाई राख्ने प्रबन्ध मिलाउनकालागि दैनिक भत्ता दिने निर्णय गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिनुभयो ।

यस्तै बैठकले कोरोना भाइरसको संक्रमित दुई जनाको उपचार, डेडिकेटेड अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशाला र अन्य काम गर्ने कर्मचारीलाई दैनिक दुई हजार २५० रुपियाँको दरले भत्ताको दिने निर्णय गरिएको बस्नेतले जानकारी दिनुभयो । कोरोना भाइरसबाट संक्रमितको उपचार गर्नु आफैमा जोखिमपूर्ण भएकाले उहाँहरुलाई दैनिक भत्ताका साथै खान, बस्ने समेत व्यवस्था प्रदेश सरकारले गर्ने निर्णय गरेको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रदेश सरकारले सुरक्षा प्रबन्धका लागि नेपाली सेनाको पश्चिमा पृतना पोखरा, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखरालाई स्वास्थ्य सम्बन्धी सामग्री खरिद गर्नका लागि १५÷१५ लाख रुपियाँ विनियोजन गरिएको छ । लेखनाथ सामुदायिक लायन्स अस्पतालको मर्मत सम्भार गर्ने सरकारको पहिलै नै योजना अनुसार प्रदेशको मातहतमा ल्याउनको लागि कार्य अगाडि बढाउने निर्णय बैठकले गरेको छ भने उक्त अस्पतालको मर्मत सम्भार प्रदेशकै नमुना अस्पताल बनाउन काम थालनी गर्ने निर्णय भएको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो । गोरखापत्र अनलाइनबाट साभार

प्रतिकृया