सांसद बस्नेतद्वारा प्रहरीलाई अत्यावश्यक सामाग्री वितरण
प्रकाशित मिति
२०७६ चैत्र ३० गते, आईतवार ०५:२९

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अहोरात्र जोखिमपूर्ण कार्यमा खट्ने प्रहरीलाई अत्यावश्यक सामाग्री वितरण गरेका छन् ।
मानविय आस्था नेपालको सहयोगमा सांसद बस्नेतद्वारा कोरोना संक्रमणको जोखिम क्षेत्रमा कार्यरत नेपाल प्रहरीलाई सेनेटाइजर, हातधुने टेंकी, डिस्पोज गर्न मिल्ने पञ्जा, मास्क लगायतका अत्यावश्यक सामाग्रीहरु महानगरीय परिसर भक्तपुरलाई वितरण गरेका छन्। विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण जिम्मेवारी लिई बहन गरेको भन्दै नेपाल प्रहरीलाई उक्त सामाग्रीहरु वितरण गरिएको हो ।


वितरण गरिएकोमा ५०० लिटरको हातधुने टेंकी ८ वटा, ३०० पिस पञ्जा, २ सय ९६ पिस पकेट सेनेटाइजर, ५ लिटर सेनेटाइजर, ५०० पिस मास्क, १५ पीपीईलगायतका रहेका छन् । ८ वटा टेंकीमा एक वटा महानगरीय प्रहरी कार्यालय, एक वटा जगाती प्रहरी वृत्त, एक वटा थिमी वृत्त तथा वाँकी पाँच वटा प्रहरीले आवश्यकता रहेको ठाउँमा आफै राख्ने गरी सांसद बस्नेतले हस्तारन्तरण गर्नुभएको हो । त्यस्तै १५ वटा पीपीईमा परिसरलाई पाँच वटा, थिमी वृत्तलाई पाँच वटा तथा जगाती वृत्तलाई पाँच वटा हस्तान्तरण गरेका छन्।
त्यस्तै परिसरलाई ९६ पिस सेनेटाइजर, थिमी वृत्तलाई ७५ पिस तथा जगाती वृत्तलाई ७५ पिस पकेट सेनेटाइजर समेत हस्तान्तरण गर्नुभयो ।
सांसद बस्नेतले उक्त अत्यावश्यक सामाग्रीहरु भक्तपुर प्रहरी परिसका प्रमुख (एसपी) सविन प्रधान, जगाती वृत्तका प्रमुख (डिएसपी) चक्रराज जाशी, थिमी वृत्तका प्रमुख (डिएसपी) शान्तिराज कोइरालालाई हस्तान्तरण गरेका छन्।



प्रतिकृया