• २७ भदौ २०८३, शनिबार
  • ६ः०९ बिहान

राष्ट्रिय वाणिज्य बैंकको सिइओमा श्रेष्ठ पुनः नियुक्त

प्रकाशित मिति

२०७६ चैत्र २८ गते, शुक्रबार ०२:३२

काठमाडौं, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिको बैठकले किरणकुमार श्रेष्ठलाई चैत २९देखि लागू हुने गरी अर्को एक कार्यकालको लागि बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा पुनः नियक्ति गरिएको छ। चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सिइओमा नियुक्त गरेको हो।

National Life

यस अघि श्रेष्ठ २०७२ चैत २९ मा खुला प्रतिस्पर्धाबाट चार वर्षको लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका थिए । उनले २०४३ सालमा नेपाल बैंक लिमिटेडमा सहायक प्रबन्धक पदबाट बैंकिङ करिअर सुरु गरी नेपाल बैंकको महाप्रबन्धक पदबाट अवकाश लिएका थिए।

श्रेष्ठले विश्व बैंकको सहयोगमा सञ्चालित वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत नेपाल बैंकको व्यवस्थापन तहमा रहेर विभिन्न जिम्मेवारीमा समेत कार्य गरिसकेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया