• २३ भदौ २०८३, मंगलबार
  • ११ः०७ राती

अमेरिकाले नेपालमा अलपत्र परेका आफ्नो नागरिकलाई फिर्ता लग्यो

प्रकाशित मिति

२०७६ चैत्र १८ गते, मंगलवार ०२:४८

काठमाडौं, नेपालस्थित अमेरिकी दुतावासले नेपालका विभिन्न स्थानमा अलपत्र परेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेको छ।
सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन गरेसँगै विभिन्न स्थानमा अलपत्र परेका आफ्ना नागरिकलाई विमान चार्टर गरेर स्वदेश फिर्ता लगेको हो ।

National Life

पोखरा, मुस्ताङ र लाङटाङमा रहेका अमेरिकी नागरिकहरुलाई आन्तरिक उडानबाट काठमाडौ ल्याएर विवरण सङ्कलन गरी स्वदेश फर्काइएको हो । स्वदेश फर्कनेहरुमा कुटनीतिक नियोगका केही प्रतिनिधिहरु पनि रहेका छन् ।

कतार एअरवेजको विमान चार्टर गरी अमेरिकी नागरिक, नेपाली मूलका अमेरिकी नागरिकहरु गरी तीन सय जनालाई स्वदेश फर्काइएको नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले जानकारी दिए । स्वदेश फर्काउन नेपालस्थित अमेरिकी दूताासले गरेको प्रयासप्रति अमेरिकनहरुले खुशी व्यक्त गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनीहरुले लकडाउनका कारण आफ्ना पूर्वनिर्धारित तालिका अनुसार गन्तव्यमा पुग्न नसकेर अलपत्र परेपनि दुतावासले समन्वय गरेर घर जान पाएकोमा खुशी व्यक्त गरेका हुन् । स्वदेश फर्काउन अघि उनीहरुलाई अमेरिकी भिसा समन्वय केन्द्रमा विवरण सङ्कलन गरिएको थियो ।

प्रतिकृया