• ८ असार २०८३, सोमबार
  • ७:३५ बेलुका

कोरोना भाइरसको जोखिम उच्च भएपछि सरकारले १ सय ७९ जना कैदीलाई रिहा

प्रकाशित मिति

२०७६ चैत्र १८ गते, मंगलवार ०५:४८

काठमाडौं । कोरोना भाइरसको जोखिम उच्च भएपछि सरकारले १ सय ७९ जना कैदीलाई रिहा गरेको छ । सर्बोच्च अदालतले गरेको आदेशानुसार हालसम्म १ सय ७९ कैदी कारागार रिहा गरिएको छ।

सर्बोच्च अदालतले यही चैत्र ७ गते एक वर्ष भन्दा कम कैद तोकिएका कैदीलाई कारागार मुक्त गर्न आदेश दिएको थियो । त्यही आदेश लगत्तै एक बर्ष भन्दा कम कैद सजाय भएका १ सय ७९ जना कैदीलाई रिहाई गरिएको कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कणेलले जानकारी दिए ।

Kamana Sewa

विभिन्न जिल्लामा रहेका आठ बाल सुधार गृहबाट १ सय १९ बालबालिका छुटेका छन् भने अरु कारागारबाट सोमबारसम्ममा ६० जना छुटेका छन् ।

Classic Tech Desktop

सर्बोच्चको आदेश अनुसार फौजदारी कार्यविधि संहिताको २०७४ दफा १ सय ५५ को कार्यविधि पुर्‍याएर एक वर्षभन्दा कम कैदहरुले छुट्न चाहदा रितपूर्वक निवेदन दिएपछि उनीहरुकाबारेमा आवश्यक निर्णय हुने बताएका छन् ।

‘कणेलका अनुसार छुट्दा कैदीले भूक्तान गर्न बाँकी रहेको समयावधिको प्रतिदिन ३ सय रुपैयाँका दरले हुन आउने राजश्व दाखिला गराउनपर्नेछ,छ ‘तर यो ब्यवस्था एक बर्षभन्दा कम कैद सजाय ठेकिएकाहरुको हकमा मात्रै हो, अदालतको आदेशपछि छुट्नेहरु सोही प्रक्रिया पुर्‍याएर छुटेका छन्, कति राजश्व दाखिला भएको छ भन्ने निकाल्न बाँकी नै छ ।’

जरिवाना तोकिएका कैदीले भने पूरै जरिवाना तिरेर मात्र छुट्न पाउँने उनले जानकारी दिए । सम्बन्धित व्यक्तिहरुबाट निवेदन आएपछि कारागार प्रशासनले सम्बन्धित जिल्ला सरकारी कार्यालयमा निवेदन पठाउँछ ।

जिल्ला सरकारी वकिलको कार्यालयले अदालत वा न्यायिक निकायमा पठाएपछि त्यहाँको आदेशानुसार कैदी छुट्न सक्छन् । तीबाहेक पनि धेरै कैदीबन्दी कैद भुक्तानीपछि नियमित रुपमा छुटिरहेको महानिर्देशक कणेलले बताएका छन् ।

प्रतिकृया