• ९ असार २०८३, मंगलबार
  • ४:४५ बिहान

सूर्यविनायकले निःशुल्क खाद्यान्न वितरण गर्ने , भ्रष्ट र बिरोधीको प्रहारले सरकार कमजोर हुन्न: सांसद बस्नेत

प्रकाशित मिति

२०७६ चैत्र १७ गते, सोमबार ०६:३३

आवश्यक सहयोगका लागि नागपालिकाद्वारा जनप्रतिनिधीको सम्पर्क नम्बर सार्वजनिक

भक्तपुर, प्रतिनिधीसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले कोरोना भाइरसका कारण विश्व संकटको भूमरीमा परेको र नेपालमा पनि संक्रमण देखिएकाले सबै संयमित भएर कोरोना फैलिनबाट रोक्नु पर्ने बताउनु भएको छ ।

Kamana Sewa

सूर्यविनायक नगरपालिकामा आज नगरप्रमुख वासुदेव थापाको अध्यक्षता एवं पूर्वउद्योग मन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, वागमती प्रदेश सांसद शशीजङ्ग थापासमेत भएको आकस्मिक बैठकमा उहाँले सरकारले देशभर खाद्यान्न र अत्यावश्यक बस्तुको अभाव हुन नदिने बताउनुभयो ।

Classic Tech Desktop

विश्व कोरोना माहामारीको भूमरीमा परिरहेको अहिलेको अबस्थामा नेपालमा कोरोना भाइरसको नाममा कमाउला भन्ने भ्रष्ट मानसिकताका व्यावसायी र विरोधी तत्वले स्वास्थ्य संकटको बेलामा सरकारमाथि प्रहार गर्न नछाडेको टिप्पणी गर्नुभयो ।

कोरोनाको महामारी रोक्न सरकारले चालेको सकारात्मक कदम र जनताको साथ देखेर आत्तिएका भ्रष्ट र विरोधीहरु फेरी जुर्मुराउन थालेको बताउदै उहाँले यस्ता तत्वको खेलले सरकार नडग्मगाउने बताउनुभयो ।

सरकार कमजोर बनाउला र फाइदा लुटौला भन्ने दिवा सपना नदेख्न चेतावनी दिदै सांसद बस्नेतले सरकारले अहिलेको स्वास्थ्य संकटलाई पनि आफ्नो विवेकपूर्ण ढंगले पार लगाउने दाबी गर्नुभयो । खाद्यान्न, औषधि लगायत कुनै पनि अत्यावश्यक बस्तुको अभाव हुन नदिने र सरकारले स्थानीय तहलाई परिचालन गरेरै भएपनि कसैले भोकै बस्नु पर्ने अबस्था नआउने उहाँको भनाई थियो ।

त्यसैगरि कोरोना भाइरस संक्रमण रोक्न सरकारले गरेको लकडाउनका क्रममा सूर्यविनायक नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्रमा खाद्यान्न लगायत अत्यावश्यक सामाग्रीको अभाव हुन नदिने भएको छ । सरकारले कोभिड १९ को संक्रमण रोकथामका लागि गरेको लकडाउन अवधिमा आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन नगरपालिकाको प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा वडास्तरी आपूर्ति अनुगमन समिति गठन गरेको छ ।

समितिले वडास्तरमा प्रत्येक घरधुरीको लगत संकलन गर्ने, खाद्य सामाग्री तथा अत्यावश्यक सामाग्रीहरुको परिमाण पहिचान गर्ने, खाद्य सामाग्रीका पसल र स्टक सामानहरुको लगत संकलन गर्ने, सुरक्षा निकायको सहयोगमा खाद्य सामाग्रीहरु उपलब्ध गराउन आवश्यक समन्वय र आपूर्ति अनुगमन गर्ने भएको नगरप्रमुख थापाले जानकारी दिनुभयो ।

त्यसैगरि नगरपालिकाले सामाजिक संघसंस्थाको सहयोगमा नगरस्तरमा एकद्वार प्रणालीबाट निःशुल्क खाद्य सामाग्री वितरण गर्ने भएको छ । त्यसका लागि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।

समितिका संयोजक ज्ञवालीले पसलमा खाद्य सामाग्रीहरु नपुग भएमा नगरपालिकामा प्रतिवेदन पेश गरि जानकारी गराउने, खाद्य पसलमा सुरक्षा सतर्कता अपानाई निश्चित समयमा मात्र संचालन गर्ने, प्रत्येक वडाका विपन्न तथा दैनिक ज्याला मजदुरको पहिचानगरि घरदैलो मै पुगेर कम्तीमा १५ दिनका लागि खाद्यान्न सामाग्री निःशुल्क वितरण गरिने जानकारी दिनुभयो ।

विदेशबाट फर्किएका सबैको दुईसाताभित्र पूर्ण लगत संकलन गरि घरमै स्वास्थ्यकर्मी सहित पुगेर स्वास्थ्य परीक्षण गर्ने, उनीहरुलाई होम क्यारेन्टाइनमा राख्ने र त्यसको अनुगमन गर्ने भएको छ ।

नगरस्तरीय विपद ब्यवस्थापन कोषलाई कोभिड १९ नियन्त्रणका लागि परिचालन गर्ने, कोरोनाको लक्षण भएकालाई तत्काल स्वास्थ्य संस्थामा पुर्याउन व्यबस्था गर्ने, लकडाउनको पूर्ण पालना गराउने र संक्रमण फैलिनलाई रोक्ने नीति अबलम्बन गरेको छ । आवश्यक सहयोगका लागि नगरपालिकाले ४६ जनप्रतिनिधीको नाम र सम्पर्क नम्बर सार्वजनिक गर्दै जनआव्हान गरेको छ ।

जनप्रतिनिधीको नाम र सम्पर्क नम्बर

१) अध्यक्ष १ सानुकाजी कायस्थ ९८४१३००५५३
२) सदस्य १ प्रदिप कार्की ९८५१२३७२८४
३) सदस्य १ अम्बिका न्यौपाने ९८४९३७१२४४
४) सदस्य १ कल्पना नेपाली ९८१९३४२५३७
५) अध्यक्ष २ कमल नाथ आचार्य ९८४१८८०५२९
६) सदस्य २ सुवास कुमार कार्की ९८५१०६२६१४
७) सदस्य २ विश्वराज विष्ट ९८५११९१७७३
८) सदस्य २ कान्छी माया श्रेष्ठ ९८६०३२२१११
९) सदस्य २ मुना परियार ९८४९१२६२४४
१०) अध्यक्ष ३ शिव शरण खत्री ९८५१०३०००२
११) सदस्य ३ घनश्याम भट्टराई ९८१३५३५४५५
१२) सदस्य ३ प्रभु भक्त माडी श्रेष्ठ ९८४१४६८९७१
१३) सदस्य ३ अम्बिका राउत ९८४१०९८०४४
१४) अध्यक्ष ४ उत्तम थापा ९८५१२४१७८७
१५) सदस्य ४ तारा सापकोटा ९८४१८७९२३०
१६) सदस्य ४ देवलाल राजथला ९८४१६५४५७८
१७) सदस्य ४ राजु लुबन्जार ९८४९४०१३४१
१८) सदस्य ४ पम्फा परियार ९८२३६७७८२३
१९) अध्यक्ष ५ श्री राजकुमार जोशी ९८५१०८७३९२
२०) सदस्य ५ श्री मनोज थापा ९८६०६६२०८१
२१) सदस्य ५ श्री बासुदेव पोखरेल ९८५११२६८५३
२२) अध्यक्ष ६ रामेश्वर ध्वजु ९८४१–२९९७७३
२३) सदस्य ६ राजेन्द्र त्वाती ९८४१–२०७७६३
२४) सदस्य ६ सुदाम के।सी। ९८५१०–१३०४६
२५) सदस्य ६ रमा गौतम ९८६०२००२६४
२६) सदस्य ६ सरला बिश्वकर्मा ९८४३–८६३१९२
२७) अध्यक्ष ७ रविन्द्र सापकोटा ९८५११६१७४३७
२८) सदस्य ७ लक्ष्मी परियार ९८६३४९१५८९
२९) सदस्य ७ कृष्णजीत माकजु ९८४१५६११२०
३०) सदस्य ७ अर्जुन खतिवडा ९८६०१६२८१०
३१) अध्यक्ष ८ किरण थापा मगर ९८५१०८१८७६
३२) सदस्य ८ तारा बस्नेत ९८६०६७८५५४
३३) सदस्य ८ अजय बहादुर तामाङ्ग ९८४३३५१२७२
३४) सदस्य ८ धर्मराज बस्नेत ९८४१२५७९३६१
३५) सदस्य ८ शान्ता वि क ९८४९०४२३६२
३६) अध्यक्ष ९ उपेन्द्र राज के।सी ९८५११४९०५०
३७) सदस्य ९ विनय महत ९८४१३८२५६०
३८) सदस्य ९ जुनुमाया तामाङ्ग ९८६१०८६४४६
३९ं) सदस्य ९ अनु बयलकोटी ९८४३०२५५०५
४०) अध्यक्ष १० शिवराम राउत ९८४१३३९७४६
४१) सदस्य १० शिवहरी कार्की ९८४१४९५८२२
४२) सदस्य १० सुभद्रा खत्री ९८४९९२६७१९
४३) सदस्य १० कमला सुनुवार ९८४०५८५९२२
४४) कार्यपालिका सदस्य श्री दिपक विसुंके ९८५१०१७०८३
४५) कार्यपालिका सदस्य श्री हिरामाया शेर्पा ९८४१९८५६१३
४६) कर्यपालिका सदस्य श्री राजेन्द्र भुजेल ९८४१३३०७८९

प्रतिकृया