• २२ भदौ २०८३, सोमबार
  • ९ः३३ राती

सरकारी कम्पनीले मोबाइल एप बाट नै व्यापार सुरु अब,अर्डर गरेपछि घर घरमा सामान

प्रकाशित मिति

२०७६ चैत्र १५ गते, शनिबार १०:४०

 

National Life

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान र नेशनल ट्रेडिङ गाभिएर बनेको कम्पनी)ले पनि अनलाइनबाटै अर्डर लिएर होम डेलिभरी सेवा थाल्ने तयारी गरेको छ ।

कम्पनीका महाप्रबन्धक श्रीमणिराज खनालले कम्पनीले बिक्री वितरण गरिरहेका विभिन्न खाद्यवस्तु तथा सामग्रीहरु होम डेलिभरी गर्ने गरी अनलाइन प्लेटफर्म विकास गरिरहेको बताएका छन् । खनालले मोबाइल एपबाट नै सामान अर्डर गर्न सकिने प्रविधिको विकास भइरहेको जनाएको छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

अहिले लकडाउनका कारण उपभोक्तालाई बजार र पसलसम्म पुगेर किनमेल गर्न असहज भइरहेको बेलामा सरकारी कम्पनीले नै यस्तो सुविधा ल्याएको हो । यस्तो अवस्थामा कम्पनीले आफ्नो अनलाइन किनमिलको प्रविधि सुरुवात गर्ने अन्तिम तयारीमा पुगेको छ। सरकारले अत्यावश्यकीय वस्तुको आपूर्ति र बिक्री वितरण गर्ने प्रयोजनका लागि यो कम्पनी स्थापनाको गरेको हो ।

अहिलेको असहज परिस्थितिमा नै कम्पनीले अनलाइन कारोबार सुरु गर्न सके त्यसले सकारात्मक सन्देश जाने भएकोले यसको तयारी तीब्र पारिएको खनालको बताए । यो कम्पनीले अहिलेसम्म दुर्गममा खाद्यान्न ढुवानी गर्नेबाहेक बजार हस्तक्षेपका लागि कुनै भूमिका निभाउन सकेको छैन । अब प्रविधिको प्रयोग मार्फत् अत्यावश्यक खाद्य वस्तुमा बजारको एकाधिकार तोड्ने योजना कम्पनीले बनाएको छ।

अहिले चामल, दाल, फापर, कर्णालीको सिमी, बोडीलगायत विभिन्न गेडागुडी कम्पनीले बिक्री गर्ने गर्छ भने विभिन्न विद्युतीय उपकरणको बिक्री समेत गरिरहेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि सरकारले लकडाउन गरेको अवस्थामा सर्वसाधारणलाई सहज बताबरण बनाउनका लागि अनलाई सेवा सुरु गरेको हो ।

प्रतिकृया