• ८ असोज २०८३, बिहीबार
  • ६ः०५ बेलुका

मुख स्वास्थ्यबारे जनचेतनाको खाँचो छ : नेपाल डेण्टल सार्ईन्स हाईजेनिस्ट एसोसिएसन

प्रकाशित मिति

२०७६ चैत्र ४ गते, मंगलवार ०२:४६

‘दाँत र मुखसम्बन्धी रोगहरुको रोकथामका बजेट सही तरिकाले उपयोग भएन्’

National Life

काठमाडौँ, नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसन नेपालले अगामी मार्च २० माहुने विश्वओरल हेल्थ डेको अवसरमा नेपाली समाजमा मुख स्वास्थ्य राख्न सरकार र सरोकारवालाहरुले व्यापक रुपमा जनचेतना कार्यक्रम गरि नीति प्रष्ट पार्ने सरकारसंग आग्रह गरेको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा विश्वमुख स्वास्थ्य दिवसको पूर्व सन्ध्यामा पत्रकार सम्मेलनको आयोजना गरेर नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसनले यस्तो आग्रह गरेको हो ।नेपाली समाजका केवल २ प्रतिशत मानिसले स्वच्छ तरिकाले दाँत माँझ्ने बताउँदै नेपाली समाजमा व्यापक रुपमा आफूहरुले जनचेतनाको कार्यक्रम ल्याउने स्पष्ट पारेका छन् । सम्पूर्ण रोगको ढोकामुख मानिएकोले मुखको सफाई गर्न अति आवश्यक रहेको पनि एसोसिएसनको भनाई छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा एसोसिएसनका अध्यक्ष माईकल देवकोटाले नेपल सरकारले कोरोनाका सन्त्रास हुँदाहातधुने जनचेतना कार्यक्रमको लागि करोडोै रकम खर्च गरेको तर, मुख स्वच्छ र स्वस्थ राख्नको लागिएक रुपैयाँ समेत खर्च नगरेको गुनासो पोखे । उनले भने,‘मुख नियमित दुई पटक नधोए ६ सय प्रकारको ब्याकटे रियाले मुखमा घर बनाउने गर्दछ ।’ उनले दाँत माँझ्न ध्यान दिईएन भने ६ सय प्रकारका ब्याक्टेरियाले क्यान्सर, ग्याष्ट्रिक, दाँतदुखाई, दाँतबाट रगत आउने,मुख गन्हाउने जस्ता रोग निम्त्याउने पनि औंल्याए ।

रोगको प्रमुखद्वार मुख रहेको कारण सम्पूर्ण नेपाली समाजमा जनचेताना फैलाउन जरुरी रहेको उनले स्पष्ट पारे । नेपालका सरकारी अस्पतालहरुमा समेत दाँतको उपचारमा निकै रकम खर्च भइरहेको माउनले उक्त अस्पतालहरुलाई निःशुल्क सेवा प्रदान गर्न आग्रह गरेका छन् ।

उनले भने,‘सरकारी स्वास्थ्य विभागमा इ.एन.टीको बिभाग छुट्टाईएको छ । तर, कर्मचारी भने घाम ताप्न जाने गर्दछ ।’ सम्पूर्ण कर्मचारी आफ्नो निजी व्यवसायमा रमाएको उल्लेख गर्दै उनले यसप्रति सरकार गम्भीर हुनु आवश्यक रहेको पनि स्पष्ट पारे । सरकाले केवल मात्र ११ वटा दरबन्दी इ.एन.टी.बिभागमा गरेकोमा सरकारलको दरबन्दी प्रति ध्यानाकर्षण गराएका छन् । ‘नेपाल सरकारले लागु गरेको नीति स्पष्ट नभएको कारण सच्याउन आवश्यक रहेको छ ।’–उनले थपे । सरकारले सातवटै प्रदेशमा दाँतको अस्पताल निर्माण गर्नु पर्नेमा उनको जोड थियो । त्यस्तै, उनले ७ सय ५३ स्थानीय निकायमा दन्त परीक्षणको क्लिनीक खोल्नुपर्ने माग गरे ।

त्यसैगरी कार्यक्रममा एसोसिएसनका कोषाध्यक्ष अमितकुमार साखले प्रत्येक नागरिकमा दाँतको जनचेतना आउनुपर्ने बताए । उनले भने,‘सरकार र सरोकारवाला मिलेर दाँत सम्बन्धी जनचेतनाको विकास आवश्यक रहेको छ ।’ दैनिक दुई पटक दाँत माँझेमा ब्याक्टरियाको संक्रमणको मात्रा न्यून हुने उनले स्पष्ट पारे ।  ‘हार्ड–ब्रस’ भन्दा पनि ‘सफ्ट–ब्रस’ प्रयोग गर्न उनले सुझाएका छन् । उनले एसोसिएसनले यहीचैत ५ र ६ गते अनाथालय मानिःशुल्क सेवा, ब्रस र मञ्जन वितरण गर्ने कार्यक्रम राखेको पनि स्पष्ट पारे ।

नेपाल डेण्टल साइन्स हाईजेनिस्ट एसोसिएसन नेपालले विश्वओरल हेल्थ डेको सन्दर्भमा ५ गते सम्भव नेपाल अनाथालयमा र ६ गते बाल सरस्वती विद्यालयमा निःशुल्क दन्त सेवा, ब्रस र मञ्जन प्रदान गर्ने कार्यक्रम ल्याएको बताए । उनले ओरल हेल्थका रोगका बारेमा प्रकाश पारेका थिए । अहिले सम्म एसोसिएसनले गरेका कामहरु खास गरी जनताको तहमा गरेका कामहरुको बारेमा समेत उनले प्रकाश पारेका थिए ।

एसोसिएसनले स्वास्थ्य विभाग अन्तर्गतको नाक, कान, घाँटी, दाँत, मुख विभागले एकलौटी रुपमा एक समूहको मात्र नीति कार्यान्वयनतर्फ उन्मुख भएको आरोप लगाएको छ । एसोसिएसनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘उक्त विभागबाट विनियोजित दाँत र मुख सम्बन्धी रोगहरुको रोकथामका बजेट समेत सही तरिकाले उपयोग नभएको प्रति यस एसोसिएसनको तर्फबाट आन्दोल नगर्न बाध्य हुने उल्लेख गर्दै राज्यबाट विनियोजित रकमको सही सदूपयोगको निमित्त हार्दिक अपिल  गर्दछौं ।’

प्रतिकृया