• २४ भदौ २०८३, बुधबार
  • २ः२८ दिउँसो

खाना पकाउने ग्यास मौज्दात नराख्न सर्वसाधारणलाई अपिल

प्रकाशित मिति

२०७६ फाल्गुन ३० गते, शुक्रबार ०२:१६

काठमाडौं, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यकता भन्दा बढी मात्रामा ग्यास सिलिण्डर नराख्न अपिल गरेको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले बजारमा अभाव हुन सक्ने भन्दै आवश्यकता भन्दा धेरै ग्यास सिलिण्डर भरेर नराख्न अपिल गरेको हो ।

National Life

मन्त्रालयकी सहायक प्रवक्ता उपसचिव उर्मिला केसीले विज्ञप्ति जारी गर्दै बजारमा ग्यासको आपूर्ति पर्यात भएकाले माग धान्न समस्या नहुने जानकारी दिनुुभएको छ । हाल बजारमा खाना पकाउने एलपी ग्यासको खपत नियमित भन्दा बढी भइरहेकाले मौज्दात नराख्न सर्वसाधारणलाई आह्वान गरेको मन्त्रालयले जनाएको छ ।

बजारको बढ्दो मागलाई व्यवस्थापन गर्न नेपाल आयल निगमले यस महिनादेखी नियमित खपतका अतिरक्त थप ११ हजार मेक्ट्रिक टन ग्यास आयात प्रक्रिया अघि बढाएको पनि मन्त्रालयले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्रालयले उपभोक्ताहरुलाई दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन र मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाएको पनि बताएको छ ।

प्रतिकृया