• १० असोज २०८३, शनिबार
  • २ः५५ दिउँसो

राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकताको घोषणा

प्रकाशित मिति

२०७६ फाल्गुन २८ गते, बुधबार ०३:३२

काठमाडौं, राष्ट्रिय जनता पार्टी (राप्रपा) र राष्ट्रिय जनता पार्टी (राप्रपा) संयुक्तबीच पार्टी एकता भएको छ । आज (बुधबार) राजधानीको राष्ट्रियसभा गृहमा आयोजित एक समारोह बीच दुई पार्टीबीच एकता घोषणा गरिएको हो ।

National Life

गत शनिबार लाजिम्पाटको लप्सी गार्डेन होटलमा बसेका बैठकपछि दुई पार्टीबीच पार्टी एकता गर्नेगरी १० बुँदे समझादी पत्रमा हस्ताक्षर गरिएको थियो । सोही समझदारी अनुसार आज औपचारिक कार्यक्रम गरी पार्टी एकता घोषणा गरिएको हो ।

एकता घोषणा समारोहमा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलगायतका नेता कार्यकर्ताको सहभागीता रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

दुई पार्टीबीच एकता घोषणा भएपछि एकीकृत पार्टीको नाम राप्रपा नै हुनेछ भने पार्टीको झण्डा गाई र चुनाव चिन्हको सम्बन्धमा भने पछि निर्णय लिइनेछ ।

प्रतिकृया