• ८ असोज २०८३, बिहीबार
  • ११ः२८ बिहान

सेनाका जर्नेलले पाए राष्ट्रसंघमा उच्च तहको जिम्मेवारी

प्रकाशित मिति

२०७६ फाल्गुन २८ गते, बुधबार ०१:१८

काठमाडौं, नेपाली सेनाका अधिकृतलाई संयुक्त राष्ट्रसंघमा उच्च तहको जिम्मेवारी दिइएको छ । सेनाका सहायकरथी दिपक बानिंयाले साउथ सुडानको अनमिस मिसनमा सेक्टर कमाण्डरको जिम्मेवारी दिएइको हो ।

National Life

साउथ सुडानस्थित अनमिस मिसनमा सेक्टर कमाण्डर फोर्स कमाण्डर र डेपुटी फोर्स कमाण्डरपछि तेस्रो उच्च तहको पद हो । उक्त मिसनमा नेपाली सेना र सशस्त्र प्रहरीको २ हजार फौज समेत कार्यरत छ । उक्त मिसनअन्र्तगत २२ हजार फौज रहेको छ । हाल जुम्लास्थित सेनाको २४ बाहिनीको बाहिनीपति रहेका बानियां सेक्टर कमाण्डरका रुपमा छनौट भएका हुन् ।

उनि २७ बेसिकका सैनिक अधिकृत हुन् । अनमिस मिसनमा नर्थ, इस्ट,वेस्ट, साउथ र जुवा गरी पांच वटा सेक्टर रहेका छन् । यसअघि सेनाकै सहायकरथी नैनराज दाहाल पनि दुई वर्षअघि मात्र साउथ सुडानमा सेक्टर कमाण्डरका रुपमा छनौट भएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

विश्व शान्ति स्थापना कार्यको लागि फौज पठाउने संसारका १ सय २२ मुलुकमध्ये नेपाल गत साता मात्र पांचौ स्थानबाट चौथो स्थानमा उक्लन सफल भएको थियो । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि विभिन्न १२ (बाह्र) वटा द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ भएका नेपाली कण्टिन्जेण्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृतहरु गरि जम्मा ५ हजार ६ सय ५८ जना सुरक्षाकर्मीहरु कार्यरत रहेका छन् ।

प्रतिकृया