• ८ असोज २०८३, बिहीबार
  • ११ः२६ बिहान

टिपरको ठक्करबाट एक महिलाको मृत्यु, स्थानीयद्धारा सडक अवरुद्ध

प्रकाशित मिति

२०७६ फाल्गुन २८ गते, बुधबार ०१:३४

काठमाडौं, बाँकेको कोहलपुर–नेपालगञ्ज सडक खण्डमा टिपरको ठक्करबाट एक साइकलयात्री महिलाको मृत्यु भएको छ । आक्रोशित मृतकका आफन्त र स्थानीयले कोहलपुर–नेपालगञ्ज सडक खण्ड अवरुद्ध पारेका छन् ।

National Life

कोहलपुर नगरपालिका–९ झण्डहवा चोकमा रा १ ख २१८८ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री ४२ वर्षीय रामपति थारुको मृत्यु भएको हो । टिपरको ठक्करबाट घाइते रामपतिको उपचारका क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार टिपर चालक दाङ तुलसीपुर उपमहानगरपालिका–७ का ३२ वर्षीय रामविहारी थारुलाई नियन्त्रणमा लिइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया