• २७ भदौ २०८३, शनिबार
  • २ः०२ दिउँसो

काठमाडौंमा उजुरीको संख्या घट्दो

प्रकाशित मिति

२०७६ फाल्गुन २४ गते, शनिबार ०८:३८

काठमाडौं । पछिल्लो समय महानगरीय प्रहरी परिसर टेकुमा उजुरीको चाप उल्लेख्य रूपमा घटेको छ । गत माघमा सात सय ८१ उजुरी परेकामा फागुनको तेस्रो साता आइपुग्दा पाँच सय २० मात्र उजुरी परेका छन् ।

National Life

परिसरको अभिलेखअनुसार १५ फागुनमा १८ जनाको उजुरी परेकामा १३ जनाको मात्र मुद्दा दर्ता भएको थियो । १४ गत ४१ वटा उजुरी परेकामा ३३ वटा मुद्दा दर्ता भएका थिए । १५ फागुनयता भने उल्लेख्य संख्यामा मुद्दा दर्ता भएका छैनन् । १६ फागुनमा १८, १७ र १८ मा ४३, १९ मा २९, २० मा १७ र २१ १६ वटा मात्र मुद्दा दर्ता भएका छन् । केही दिनयता परिसरमा मुद्दा दर्ता मात्र नभई उजुरी पनि निकै कम पर्ने गरेको परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए ।

‘महानगरको जनघनत्व वृद्धिसँगै अपराध पनि बढ्दै गएको छ,’ उनले भने, ‘तर केही दिनयता परिसरमा भिड निकै कम छ ।’ डिएसपी बोगटीले जघन्य र तुरुन्तै उजुरी गर्नुपर्नेबाहेक सामान्य प्रकारका उजुरी घटेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया