• ३ असोज २०८३, शनिबार
  • ६ः४७ बेलुका

२० लाखभन्दा बढीको धनमाल चोरी

प्रकाशित मिति

२०७६ फाल्गुन १२ गते, सोमबार १०:२८

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका-५ रामनगर कोदरकट्टीबाट झण्डै २० लाखभन्दा बढी मूल्य बराबरको धनमाल चोरी भएको छ।

National Life

भारतीय सीमा जोडिएको यस गाउँपालिकाको गाउँमा गएराति आएका चोरको समूहले स्थानीयको घरबाट धनमाल चोरी गरेको स्थानीयबासी अशोककुमार यादवले जानकारी दिनुभयो ।

नगद, गरगहना, भाडाकुँडा, मोबाइललगायतका धनमाल चोरी भएको जनाइएको छ । स्थानीय अशोककुमार यादवले भन्नुभयो, ‘राति कतिबेला कतिको सङ्ख्यामा चोर आएका थिए, कसैले थाहा पाएनन्, बिहान ४ बजेतिर मात्रै स्थानीयले घटनाबारे थाहा पाएका थिए ।’

Classic Tech Mobile
Classic Tech Desktop

इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केसरीले चोरीमा संलग्नको खोजी भइरहेको जानकारी दिनुभयो ।

प्रतिकृया