• २० असार २०८३, शनिबार
  • ५:३२ बेलुका

बाँदर धपाउन ४० लाख रुपैयाँ

प्रकाशित मिति

२०७६ फाल्गुन १२ गते, सोमबार १०:४३

हेटौंडा । बाँदर व्यवस्थापन गर्न वाग्मती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बाँदरबाट पीडा भोग्दै आएका सिन्धुपाल्चोक र काठमाडौं जिल्लाका चार गाउँका बासिन्दालाई बाँदर नियन्त्रण गर्न निर्देशनालयले उक्त रकम अनुदानको रुपमा उलपब्ध गराउने लागेको समाचार कान्तिपुर दैनिकमा छ । लामो समयदेखि बाँदरबाट समस्या भोग्दै आएका सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका–५ धुसेनीका बासिन्दालाई बाँदरको व्यवस्थापन गर्न निर्देशनालयले अनुदान रकम उपलब्ध गराउन लागको निर्देशनालयका अधिकृत एवं सूचना अधिकारी बब्लु ठाकुरले बताए ।

Kamana Sewa

यस्तै, काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिका–१ ओखरेनी मूलखर्कका बासिनदा पनि बाँदरबाट पीडित छन् । बाँदर व्यवस्थापन गर्नका लागि प्रदेश सरकारसँग २० लाख रुपैयाँ मागेका थिए । तर उनीहरुले बाँदर व्यवस्थापन गर्न १० लाख रुपैयाँ अनुदान पाएका छन्। यस्तै, दक्षिणकाली–७ र शंकरापुर नगरपालिका–४ मा पनि १०-१० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

Classic Tech Desktop

प्रतिकृया