चीनमा रहेका नेपाली ल्याउन विमान उड्ने तयारीमा, विमानस्थल १२ घण्टा बन्द हुने
प्रकाशित मिति
२०७६ फाल्गुन ३ गते, शनिबार ०९:५१
काठमाडौं,कोरोना भाइसले प्रभावित चीनमा रहेका नेपाली नागरिकलाई लिन आज नेपाल वायुसेवा निगमले उडान भर्ने भएको छ । चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउन निगमको वाइडबडी ए–३३० जहाज चिन जान लागेको हो । हुवेई प्रान्तको विभिन्न शहरबाट नेपाल फर्कने विद्यार्थीलाई लिन आज दिउसो २ः ४५ मा वाइडबडी त्यसतर्फ उड्न लागेको हो ।
आइरबार विमान २ः४० मा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने निगमले जनाएको छ । निगमका अनुसार अवतरण गरेपछि उक्त जहाजलाई ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्नेछैन ।
बुहान जाने टोलीमा तीन विमान चालक, छ क्याबिन क्रु, दुई इञ्जिनीयर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहेका छन् । त्यहाँबाट ल्याइने विद्यार्थीलाई क्वारेन्टाइनमा राखिनेछ । त्यसका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुईटा भवन तयारी अवस्थामा राखिएको छ ।
चीनसंगको उडानका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कम्तीमा १२ घण्टा अवरुद्ध हुने जनाइएको छ । वुहानलगायत शहरबाट १८० नेपालीले स्वदेश फर्कन लागि त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । सरकारले ‘जहाजबाट यात्रुलाई कसरी ओराल्ने ? पहिलो परीक्षण कसरी र कहाँ गर्ने ? त्यहाँबाट क्वारेन्टाइनमा लगेपछि कसरी राख्ने आदी विषयमा पूर्व तयारी गरिसकेको छ ।
वुहानलगायत शहरबाट १८० नेपालीले स्वदेश फर्कन लागि त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् ।





प्रतिकृया