• ८ असोज २०८३, बिहीबार
  • ६ः१४ बेलुका

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

प्रकाशित मिति

२०७६ फाल्गुन २ गते, शुक्रबार ०८:२०

रौतहट । रौतहटको गौर नगरपालिका ८ स्थित सवगडाबाट बिहिबार एपीएफ टोलीले करीव एक लाख ६९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

National Life

उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेक्व रौतहटबाट खटिएको एपीएफ टोलीले भारतबाट अवैध रुपले मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गर्दा बरामद गरेको हो ।

एपीएफ टोलीले लत्ताकपडा ल्याउन प्रयोग भएको एक थान मोटरसाईकल समेत बरामद गरेको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल गौर भन्सार कार्यालयमा बुझाईएको जनाइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया