• ८ असोज २०८३, बिहीबार
  • ५ः०२ बेलुका

कहिले र को सँग हुदैछ आँचल र प्रियंकाको बिहे ?

प्रकाशित मिति

२०७६ फाल्गुन २ गते, शुक्रबार ०८:१२

फागुन महिना लागेसँगै नेपाली चलचित्र क्षेत्रका २ नायिकाको बिहे चर्चा चुलिएको छ । यो महिना दुई चल्तीका नायिकाले बिहे गर्दैछन् । नायिका प्रियंका कार्कीले आफ्ना प्रेमी आयुष्मान देशराज जोशीसँग बिहे गर्दैछन् । प्रियंका र आयुष्मानको बिहे फागुणको १५ गते हुने वुझिएको छ । तर, यो जोडीले प्रेम दिवसको अवसर पारेर बिहे मिति सार्वजनिक गर्ने बताएको छ ।

National Life

नायिका कार्कीले बिहेका कारण आफूले नयाँ चलचित्र साइन नगरेको बताएकी छिन् । उनी यतिबेला बिहेको तयारीमा तिव्रताका साथ लागिरहेकी छिन् ।

प्रियंकाको बिहे भएको १४ दिनपछि अर्की नायिका आँचल शर्माको बिहे हुँदैछ । डेढ बर्षदेखि डाक्टर उदिप श्रेष्ठको प्रेममा रहेकी आँचलले फागुणको २९ गते बिहे गर्ने तयारी गरेकी छिन् । यतिबेला आँचल र उदिप पनि बिहेको तयारीमा लागेका छन् । आँचल र उदिप यतिबेला मिडिया अन्र्तवार्तामा समेत व्यस्त देखिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

आँचलले पनि नयाँ चलचित्र साइन गरेकी छैनन् । उनले पनि बिहे अगाडि नयाँ प्रोजेक्टमा काम नगर्ने सुर कसेकी छिन् ।

प्रतिकृया