• २० भदौ २०८३, शनिबार
  • ११ः३० राती

आईजीपी ज्ञवालीले लगाए फुली, आजै पदभार ग्रहण गर्ने

प्रकाशित मिति

२०७६ माघ २९ गते, बुधबार ११:३५

काठमाडौं, नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीले दर्जयानी चिह्न ग्रहण गर्नु भएको छ । गृह मन्त्रालयमा बुधबार बिहान आयोजित औपचारिक समारोहका बीच गृह सचिव महेश्वर न्यौपानेले आईजीपी ज्ञवालीलाई दर्जयानी चिह्न प्रदान गर्नुभएको हो ।

National Life

सर्वेन्द्र खनाल नेपाल प्रहरीको सेवाबाट अवकाश भएपछि मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले डीआईजी ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेका थियो । ज्ञवालीले आजै प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम छ । आईजीपी सर्वेन्द्र खनालको अवकास प्राप्त भएसँगै ज्ञवाली २७ औं नयाँ आईजीपी बन्नु भएको हो ।

प्रतिकृया