• २४ भदौ २०८३, बुधबार
  • १ः४७ दिउँसो

इतिहास रच्यो ‘प्यारासाइट’ले

प्रकाशित मिति

२०७६ माघ २८ गते, मंगलवार ०८:१७

एजेन्सी । दक्षिण कोरियाली फिल्म ‘प्यारासाइट’ यस वर्षको ओस्कारमा उत्कृष्ट फिल्म घोषित भएर इतिहास रचेको छ। कुनै पनि गैरअंग्रेजी फिल्मले ओस्कारमा उत्कृष्ट फिल्मको पुरस्कार जितेको यो पहिलोपटक हो। ‘प्यारासाइट’ले अन्तर्रा्ष्ट्रिय चलचित्र क्षेत्रको सबैभन्दा ठूलो अवार्ड ओस्कार जितेर इतिहास रचेको हो ।

National Life

‘प्यारासाइट’ले जोकर, १९१७, वन्स अपन अ टाइम इन हलिउड, द आइरिसम्यान, फोर्ड भर्सेस फरारी, जोर्जो याबिट, म्यारिज स्टोरी, लिटल वुमनजस्ता विश्व चर्चित चलचित्रहरूलाई पछाडि पारेको हो।

दुई भिन्न वर्गका दुई परिवारको कथामा आधारित यो फिल्मको निर्देशक बोङ हुन्। फिल्मका निर्माता क्वाक सिन आइले पुरस्कार ग्रहण गर्दै भने, ‘म शब्दविहीन भएको छु, हामीले यस्तो हुन्छ भनेर कल्पनासम्म पनि गरेका थिएनौं, यस क्षणलाई म इतिहासकै विशेष अवसरको रूपमा महसुस गरेको छु।’
यस वर्षको ओस्कारमा प्यारासाइटले उत्कृष्ट फिल्मसहित अन्य चार विधामा अवार्ड हात पारेको छ। यसै क्रममा प्यारासाइटका निर्देशक बोङ जुन हो ले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् भने प्यारासाइटले ओरिजनल स्क्रिनप्ले अवार्ड पनि पोल्टामा पारेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी ‘जुडी’ फिल्मबाट रेनी जेलवेगरले उत्कृष्ट अभिनेत्री र ‘जोकर’ फिल्मबाट जोकिन फोनिक्सले उत्कृष्ट अभिनेताको पुरस्कार जितेका छन्। ४५ वर्षे अमेरिकी कलाकार फिनिक्सले यो उपाधि जित्न लियोनार्दो डी क्याप्रियो, एन्टोनियो बान्दरेस, आडम ड्राइभर तथा जोनाथन प्राइसलाई पछाडि पारे। ब्राड पिटले ‘वान्स अपन अ टाइम इन हलिउड’बाट र लाउरा डर्नले ‘म्यारिज स्टोरी’बाट उत्कृष्ट सहअभिनेता तथा सहअभिनेत्रीको पुरस्कार जितेका छन्। यसअघि धेरै पटक मनोनयनमा परे पनि ब्राड पिटले यस वर्ष बल्ल पहिलो पटक ओस्कार अवार्ड चुम्न पाएका हुन्। यस वर्ष ‘सर साम मेन्डेज १९१७’ले तीन विधामा ओस्कार जितेर ‘प्यारासाइट’ फिल्मलाई पछ्याएको छ।

प्रतिकृया