लामो समयदेखी विवादमा रहेको पेप्सीकोला–बाखाबजार सडक समस्या समाधान
प्रकाशित मिति
२०७६ माघ २७ गते, सोमबार १०:१६
भक्तपुर, राजनीतिमा प्रतिपर्धा विकासमा ऐक्यवद्धता भन्ने मुल नारालाई आत्मसात् गर्दै भक्तपुरका जनप्रतिनिधि, सम्बन्धीत निकाय तथा जनप्रतिनिधिको सहकार्यमा लामो समयदेखी विवादमा रहेको पेप्सीकोला–बाखाबजार हुँदै सल्लाघारी सडकको समस्या समाधान भएको छ ।
काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाद्वारा कर सहित रु ४९ करोड ९७ लाख ७४ हजार ३ सय ६७ रुपियाँ २७ पैसाको लागतमा उक्त २२ मिटरको स्तरउन्नती तथा कालोपत्र गर्ने कार्य विगत दुई वर्ष अघिबाट शुरु भए पनि विभिन्न कारणले रोकिएको थियो । स्थानीय जनप्रतिनिधि तथा स्वानीयवासीका मागलाई समाधान गर्दै आगामी दिनमा उक्त सडक निर्माण तथा स्तरउन्नती गर्ने कार्यलाई नरोक्ने निर्णय गरिएको छ ।
माघ २१ गते मध्यपुर थिमी नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा नगरप्रमुख मदुनसुन्दर श्रेष्ठ, उपप्रमुख अञ्जनादेवी मधिकर्मी, आयोजना प्रमुख गुरुप्रसाद अधिकारी, ठिमी विद्युत प्राधिकरणका प्रमुख सुवोध शर्मा, उपत्यका खानेपानी आयोजना प्रमुख मनिष ढुंगाना, वडा नं.२ का अध्यक्ष राम थापा मगर, ७ का वडाध्यक्ष कृष्ण कुमार प्रजापति, प्र।प्र। अधिकृत विश्वराज मरासैनीसहितको टोलीले उक्त सडकको स्तरउन्नती तथा कालोपत्रे गर्ने कार्यलाई तत्काल तिव्र गतिका साथ अघि बढाउने निर्णय गरेको हो ।
अरनीको राजमार्गको बैकल्पीक सडकको रुपमा रहेको उक्त पेप्सीकोला–सल्लाघारी सडक स्तरउन्नतीसँगै अरनीको राजमार्गमा हुने सवारी दुर्घटना तथा सवारी जामलाई न्युनिकरण गर्ने महत्वपूर्ण माध्यमको रुपमा हेरिएको छ । मध्यपुर नगरपालिकाको पुरानो वस्ती रहेको स्थान भएकाले उक्त पुरानो वस्तीलाई कुनै असर नपर्ने गरी उक्त सडक निर्माण तथा स्तरउन्नती गरिने भएको छ । वस्ती भित्र सडक स्तरउन्नती गर्दा धेरै स्थानीयवासीको घर पर्ने भएकाले उक्त स्थानतिर वान वेको रुपमा सडक विस्तार गरिने भएको छ । अरनिको राजमार्गमा हुने दुर्घटना तथा सवारी जामको विकल्पको रुपमा रहेको उक्त सडक तथा हनुमन्ते नदीको कोरिडोर भक्तपुरको विकासको मेरुदण्ड समेत रहेका छन् ।
मनोहरा पुलदेखि एसओएस बालग्राम सम्मको ५ सय मिटर लम्बाईमा स्वीकृत मापदण्ड बमोजिम नै २० मिटरको चौडाइमा सडक विस्तार गर्न सम्बन्धीत स्टेक होल्डरहरुसँग छलफल र समन्वय गरि सडक विस्तारको काम गर्ने, बाखा बजारको लागि वैकल्पिक मार्गको रुपमा ८ मिटरको बाइपास सडक प्रयोग गरि तचबााष्अ यलभ धबथ गरि ट्राफिक व्यवस्थापन गर्नको लागि उक्त नगदेश गेटबाट नगरपालिका हुदै पुन सोहि मार्गमा पुग्ने गरी उक्त सडकको निर्माण गर्न का।उ।स।वि।लाई अनुरोध गर्ने, बाखा बजारबाट माहानगरीय प्रहरी वृत्त निकोसेरा बजारको सुरु सम्म कमेरोटार जग्गा एकीकरण क्षेत्र भित्र समेत स्वीकृत लिइ मापदण्ड बमोजिम नै २० मिटर चौडा सिमाङ्कन गरी सडक विस्तारको निर्माण कार्य अगाडी बढाउने भएको छ ।
त्यस्तै निकोसेरा बस्तीमा साइडमा उपलब्ध हुन सक्ने सम्मको चौडाई उपलब्ध गरी ट्राफिक सवारी आगमन सहज हुने गरी निर्माण कार्य अगाडी बढाउने, सिच्चाकोदेखि सिध्दिकालि मन्दिसम्म जाने ९व्यारेकको मुखबाट जाने० मार्गलाई समेत वैकल्पिक बाइपासको रुपमा कायम गरी सिमा पर्खाल समेत बनाई कालोपत्र गरी वैकल्पिक मार्ग निर्माण गरिने भएको छ ।






प्रतिकृया