• १७ असोज २०८३, शनिबार
  • ८ः१३ राती

‘म भ्रष्टाचार गर्दिन र गर्न दिन्न’ भन्ने सिद्धान्तलाई आत्मसात् गरेरै गच्छदारलाई कानुनी दायरामा ल्याएका हौं: सांसद बस्नेत

प्रकाशित मिति

२०७६ माघ २६ गते, आईतवार १०:०१

काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले ‘म भ्रष्टाचार गर्दिन र गर्न दिन्न’ भन्ने सिद्धान्तलाई आत्मसात् गर्दै विधिको शासन शुरु गरेको बताउनुभयो । शनिवार अष्ट्रेलियाको सिड्नीमा प्रबासी नेपाली एकता मंचले आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद बस्नेतले वर्तमान सरकार भ्रष्टाचार मुक्त तथा सुशासन युक्त मुलुक निर्माण गर्ने अभियानमा लागेको बताउँदै छानविनमा ठूला–साना भन्दैमा कसैलाई छुट नहुने बताउनुभयो । तत्कालिन भौतिक मन्त्री विजयकुमार गच्छदारले ललिता निवासको १ सय ९९ रोपनी जग्गा कब्जाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर रुपमा अनुसन्धान गरी मुद्धा चलाएको बताउनुभयो ।

National Life

कार्यक्रममा सांसद बस्नेतले ललिता निवासको विषयमा अख्तियारले प्रमुख प्रतिपक्षी दलका उपसभापति विजयकुमार गच्छदारलाई कानुनी दायरामा ल्याएको विषयमा कांग्रेसले सडक तथा सदनमा गरेको आन्दोलनलाई लक्षीत गर्दै आफुले गरे सवैथोक राम्रो र अरुले गरे नराम्रो भन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो । समाजवाद उन्मुख कार्यको लागि आगामी दिनमा हुने आर्थिक, सामाजिक, सास्कृतिक लगायतका कार्यहरु हुनुपर्नेमा जोड दिँदै उहाँले आगामी पार्टीको एकताको महाधिवेशनसम्ममा समाजवाद उन्मुख भइसक्ने पार्टीको लक्ष्य रहेको समेत जानकारी गराउनुभयो ।

अमेरिकी सरकारले अल्पविकसित तथा अविकसित मुलुकलाई सहयोग गर्ने लक्ष्यका साथ अघि सारेको एमसीसीको विषयमा कतिपय अवस्थामा स्वाभाविक हुने प्रकारका तथा कतिपय अवस्थामा अस्वभाविक तथा अनावश्यक रुपमा समेत चर्चा परिचर्चा भइरहेको उल्लेख गर्दै उहाँले नेकपाले बनाएको तीन सदस्यीय आयोगले दिएको सल्लाह अनुसार एमसीसी प्रकृया अघि बढ्ने बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

इण्डोप्यासिफिकको अंग भए स्वीकार गर्न नसकिने तर उक्त सहयोग इण्डोप्यासिफिकको अंग नभएको नेताहरुले स्पष्ट पारेको बताउँदै उहाँले उक्त सहयोग विद्युत तथा सडक स्तरउन्नतीको लागि प्रयोग हुने जानकारी गराउनुभयो । कार्यक्रममा महिला तथा सामाजिक समितिका सभापनि निरुदेवी पाल, राष्ट्रिय युवा संघ नेपालका वरिष्ठ नेता किरण पौडेललगायको उपस्थिती रहेको थियो । कार्यक्रममा रमेश पाण्डे र प्रबिण कंडेल प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको अध्यक्ष तथा सचिबमा मनोनित हुनु भएको छ ।

प्रतिकृया