• १७ असोज २०८३, शनिबार
  • ३ः५४ दिउँसो

थाइल्याण्डको गोलीबारीमा २१ जनाको मृत्यु

प्रकाशित मिति

२०७६ माघ २६ गते, आईतवार ०९:४७

एजेन्सी । थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमा शहरमा एक ‘थाई सैनिकले अन्धाधुन्ध गोली चलाउँदा मर्नेको संख्या २१ पुगेको छ। बीबीसीकाअनुसार शनिबार उनले अन्धाधुन्ध गोली चलाउँदा घाइते भएकाहरुमध्ये थप चारको मृत्यु भएको हो ।

National Life

सैनिक शिविरबाट एउटा स्वचालित हतियार ‘हुम्वी’ चोरेर शहर पसेको र अन्धाधुन्ध गोली चलाएका स्थानीय प्रहरीले जनाएको छ । ती सैनिकले सहरको व्यापारिक केन्द्रमा पनि प्रवेश गरेको र त्यहाँ रहेका पसलहरूमा जथाभावी गोली चलाएको प्रहरीले बताएको छ। ती सैनिकले आक्रमणको क्रममा एउटा सेल्फी पनि लिएर सामाजिक सञ्जालमा राखेका थिए ।

प्रहरी र सेनाले हाल व्यापारिक केन्द्र र सडक बन्द गरेको छ । गोली प्रहार गर्ने शंकास्पद सैनिक पनि व्यापारिक केन्द्रमै थुनिएको अपुष्ट समाचार आएको छ। उनी व्यापारिक भवनको पछाडिबाट भाग्न खोजेको पनि स्थानीयले बताएका छन्। अहिले शंकास्पद ती आाक्रमणकारी समाउन उनको आमालाई पनि उक्त व्यापारिक केन्द्रमा ल्याइएको स्थानीय प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया