दुई दिने सडक दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रम सम्पन्न
प्रकाशित मिति
२०७६ माघ २६ गते, आईतवार ०८:५१
सल्यान । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शारदा नगरपालिका(१ श्रीनगरस्थित उद्योग बाणिज्य संघको सभाहलमा संचालित दुई दिने सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यान र सल्यानस्थित सम्पूर्ण यातायात ब्यवसाय प्रालिको संयुक्त आयोजना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानको समन्वयमा संचालित उक्त कार्यक्रममा सल्यान जिल्लामा चल्ने यातायात प्रालिका प्रतिनिधिहरु, चालक, सहचालक, सवारीधनीहरुलाई ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी र प्रहरीलाई सहयोग गर्ने विभिन्न यातायात प्रालिहरुलाई प्रशंसापत्र वितरण गरे ।
कार्यक्रमका जिल्लास्थित यातायात प्रालि तथा उद्योग बाणिज्य संघका पदाधिकारीहरू, स्थानीय बुद्धिजिबी, भद्रभलादमी, स्थानीथ संचारकर्मी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।








प्रतिकृया