‘एक प्रदेशमा एक औद्योगिक क्षेत्रः मन्त्री भट्ट
प्रकाशित मिति
२०७६ माघ २५ गते, शनिबार १२:४०
कञ्चनपुर । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा स्थापना हुन लागेको औद्योगिक क्षेत्र र सुक्खा बन्दरगाह यस प्रदेशको समृद्धिको सम्वाहक हुने बतानु भयो । कञ्चनपुरको बेदकोट नगरपालिका–२ स्थित स्थापना हुने दैजी औद्योगिक क्षेत्र निर्माणस्थलको शुक्रबार अनुगमनका क्रममा आयोजित कार्यक्रममा मन्त्री भट्टले औद्योगिक क्षेत्र स्थापनामा अब ढिलाइ नहुने बताउनु भएको छ ।

उद्योग मन्त्रालयका उच्चपदस्थ कर्मचारीको टोली सहित औद्योगिक क्षेत्र निर्माणस्थल पुग्नु भएका मन्त्री भट्टले औद्योगिक क्षेत्रको विस्तारमा मन्त्रालय अग्रसर रहेको छ । ‘एक प्रदेशमा एक औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारले लक्ष्य लिएर यसको स्थापनामा अब ढिलाइ नहुने भट्टले बताउनु भयो ।
साथै प्रतिनिधिसभा सदस्य नरबहादुर धाँमीले निर्वाचनमा जनतासामु गरिएका प्रतिबद्धता पूरा गर्न औद्योगिक क्षेत्र स्थापना तत्काल अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । बेदकोट नगरपालिका २ र ३ को करिब २६९.९३ हेक्टरमा राष्ट्रिय वनको औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी रहेको छ ।




प्रतिकृया