• १८ असोज २०८३, आइतबार
  • ११ः४२ राती

तपस्वी रामबहादुर बमजन सिन्धुली आश्रमबाट फरार

प्रकाशित मिति

२०७६ माघ २४ गते, शुक्रबार ०५:०९

काठमाडौं, जिल्ला अदालत सिन्धुलीले तपस्वीको भेषमा बस्दै आएका राम बहादुर बमजनलाई पक्राउ गर्न अनुमति दिएको छ । अदालतको अनुमति पाएसँगै नेपाल प्रहरीको टोली शुक्रबार बमजनको सिन्धुलीस्थित आश्रममा पुगेको थियो तर आश्रमको बमजन बस्ने मूलघरमा ताला लगाईएको थियो ।

National Life

प्रहरीले आश्रम वरीपरी र आसपासको जंगलमा खोजेपनि बमजनलाई भेट्न भने सकेको छैन । बमजनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी र एक अनुयायीलाई बेपत्ता पारेको र कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोप छ ।

आनीहरू सर्लाहीकी रिता वोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फुलमाया रूम्बा बमजनका आश्रमबाट बेपत्ता पारिएका छन् । गंगामायाले डेढ वर्षअघि रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आफूमाथि बमजनले बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि यो घट्ना बाहिर आएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया