• १७ असोज २०८३, शनिबार
  • ६ः२६ बेलुका

गजल

प्रकाशित मिति

२०७६ माघ २० गते, सोमबार ०५:०६

नमिता दवाडी,

National Life

दुश्मनको गुनले चिनायो आफ्नाको औकात जिबनमा,
टुहुरोले आमाबाटै सिकेको हो विश्वासघात जिबनमा।

तिमी शिशिर बन्यौ आफ्नो प्रतिकूलतामा सहेकै थिएँ,
किन आयौ रङ फेरि ,बनेर हरियो पात जीवनमा।

Classic Tech Mobile
Classic Tech Desktop

जब तिमी खुल्यौ नि बिना शब्द मात्र मुटुको झँकारले,
अनि बुझेँ पिरतीको अब्बल भाषा अनि बात जिबनमा।

शिरमै राखेको भगवान लड्यो चोट खुट्टामा लिएर ,
फुटेको खप्पर उपहार पाएँ ,बुझेँ के हो लात जिबनमा।

म आधा मरेकै दिन ,विवाह टुटेको हो मेरो महामयी ,
नघोच्नुस मलाई ,दिए झैं गरि ,प्रेमिल हात जिबनमा।

प्रतिकृया