• १७ असोज २०८३, शनिबार
  • १०ः२९ राती

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेपाल खड्गी सेवा समितिद्वारा सम्मानित

प्रकाशित मिति

२०७६ माघ १९ गते, आईतवार ०८:३९

काठमाडौं :
समुदाय- प्रहरी साझेदारी अन्तर्गत नेपाल खड्गी सेवा समितिद्वारा शनिबार बसन्तपुर डबलीमा आयोजित एक कार्यक्रमवीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सम्मान गरिएको छ ।

National Life

नेपाल खड्गी सेवा समितिको सातौं राष्ट्रिय महाअधिवेशनको अवसरमा आयोजित कार्यक्रमवीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सम्मान गरिएको हो । प्रहरी महानिरीक्षक खनालले राष्ट्र सेवामा समर्पित हुँदै सफलताकासाथ नेपाल प्रहरी प्रमुख, प्रहरी महानिरीक्षकको गरिमामय पदमा रही समाजमा शान्ति सुव्यवस्था कायम गर्न एवम् राष्ट्र निर्माण कार्यमा पुर्‍याउनु भएको योगदानको प्रशंसा गर्दै उहाँलाई सम्मान गरिएको हो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समितिका पदाधिकारीहरु, विभिन्न गुठी, सो समितिकोतर्फबाट प्रतिनिधित्व गरेर १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरु, समितिद्वारा आयोजित विभिन्न प्रतियोगिताका विजयी खेलाडीहरु एवम् समितिलाई सहयोग पुर्‍याउने संघसंस्था तथा महानुभावलाई पुरस्कार, प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

सो अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘नायस्,सिंह, शाही र खड्गी समाजको संस्कार’ नामक पुस्तक विमोचन गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले अवलम्बन गरेको समुदाय-प्रहरी साझेदारी कार्यक्रम अत्यन्तै फलदायी रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले ‘समुदाय प्रहरी साझेदारीया अवधारणा पत्र नेपालभाषा अनुवाद’ नामक पुस्तकको विमोचन गर्दै सुरक्षित समाज र राष्ट्र निर्माणको कार्यमा स्थानीय तहसँग समन्वय गरेर समुदाय-प्रहरी साझेदारीको अवधारणा अन्तर्गत समुदायसँग सहकार्य गर्दै अगाडि बढेको बताउनुभयो । समाजमा शान्ति स्थापना तथा अपराध नियन्त्रणका साथ साथै नेपाल खड्गी सेवा समितिले गरेको सकारात्मक कार्यको उहाँले प्रशंसा गर्नुभयो ।

प्रतिकृया