• १७ असोज २०८३, शनिबार
  • ८ः३६ राती

नेकपाको केन्द्रीय कमिटी को आज दुई बैठक : नेकपा सचिवालय र नेतृत्वले जवाफ दिने कार्यक्रम

प्रकाशित मिति

२०७६ माघ १९ गते, आईतवार ०८:२५

 

National Life

काठमाडौं : सत्तारुढ नेकपाको केन्द्रीय कमिटी बैठकमा आज नेतृत्वले जवाफ दिने कार्यक्रम रहेको छ।

अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलको सांगठनिक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव एवम् समसामयिक विषयमा केन्द्रीय सदस्यले उठाएका प्रश्नको आज सचिवालयका सम्बन्धित सदस्यले जवाफ दिने भएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

दिउँसो १ बजे राष्ट्रियसभा गृहमा सुरु हुने बैठकमा अध्यक्षद्वय र महासचिवको प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव पारित गर्ने कार्यसूची रहेको नेकपाका प्रचार विभाग उपप्रमुख सुर्य थापाले जानकारी दिए। आजको बैठकमा अध्यक्ष ओली पनि आज उपस्थित हुने सम्भावना छ। बुधबार सुरु भएको नेकपा बैठकमा ४४१ जना केन्द्रीय सदस्यले विभिन्न १५ वटा समूह बनाई छलफल गरेका थिए। छलफलपछि निष्कर्षका क्रममा अधिकांश टोली नेताले पार्टी र सरकारलाई सुशासन कायम राख्न, भ्रष्टाचारीलाई कडा कारबाही गर्न तथा जनअपेक्षाअनुसारका काम गर्न सुझाव दिएका छन्।

त्यस्तै संसदबाट पारित गराउन लागिएको मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे पनि व्यापक छलफल भएको थियो। छलफलमा भाग लिने अधिकांश केन्द्रीय सदस्यहरुले एमसीसीको विरोध गरेका छन्। एमसीसीबारे बोल्ने नेताहरुले आर्थिक सहयोग नलिइ नहुने हो भने नेपालको संविधान र कानुन विपरित रहेका सम्झौताका केही बुँदा परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन्। त्यस्तै आजै नेकपा सचिवालय बैठक पनि बस्दै छ।

प्रतिकृया