• ६ असोज २०८३, मंगलबार
  • १०ः१९ बिहान

सहिद दिवसको अवसर पारेर मेयर कप हुँदै

प्रकाशित मिति

२०७६ माघ १६ गते, बिहीबार १२:३३

बागलुङ , सहिद दिवसको अवसरमा पारेर बागलुङ मेयरकपको दोस्रो संस्करण आजदेखि सुरु भएको छ । उद्घाटन खेलमा बागलुङ नगरपालिका र कुश्मा नगरपालिका पर्वत खेल्ने छन् ।

National Life

बागलुङ नगरपालिकाको आयोजना र जिल्ला फुटबल संघ बागलुङको समन्वयमा बुधबारदेखि संचालित खेलमा १० नगरपालिकाले सहभागिता जनाएका छन् । पुर्वनिर्धारित समयमा एक कटौती गर्दै २१ गते फाइनल हुने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिए । खेल नकआउट चरणका आधारमा हुनेछ ।

बागलुङ नगरपालिकाले सहिद दिवसको अवसरमा मेयर कप फुटबल प्रतियोगीता आयोजना गर्दै आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख रुपैयाँ प्राप्त गर्नेछभने उपविजेताले २ लाख र सेमिफाइनल पुग्ने टिमले ६०–६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार र विधागततर्फ उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५ हजारका दरले पाउनेछन् । यस्तै प्रतियोगितामा म्यान अफ दि म्याच हुने खेलाडीले २ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगितामा आयोजक बागलुङ नगरपालिकासहित कुश्मा नगरपालिका पर्वत, गल्कोट नगरपालिका बागलुङ, भिमाद नगरपालिका तनहुँ, तुलसीपुर उपमहानगरपालिका दाङ, चान्द्राडी नगरपालिका उदयपुर, जैमिनी नगरपालिका बागलुङ, बेनी नगरपालिका म्याग्दी, ढोरपाटन नगरपालिका बागलुङ र पोखरा पोखरा महानगरपालिका कास्की सहभागि रहेका छन् ।

प्रतिकृया