म.ठि.न.पा वडा नं. ३ कार्यालयको भवन शिलान्यास, एक वर्षमा सम्पन्न
प्रकाशित मिति
२०७६ माघ १६ गते, बिहीबार १२:५७
भक्तपुर, मध्यपुर थिमि नगरपालिका वडा ३ कार्यालयको भवन शिलान्यास गरिएकोे छ । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख मदन सुन्दर श्रेष्ठले आज चार तला (बाह्र कोठे) भवनको सिलन्यास गर्नुभएको हो ।
चार तल्ले बाह्र कोठे वडा कार्यालयको भवन निर्माणका लागि एक करोड असी लाख टेन्डर बिलो पारित भई काम सुरु भइसकेको छ । भवन निर्माण गर्नका लागि ज्ञानज्योति / सिर्जनसिल देवी कम्पनीलाई टेन्डर परेको थियो । कम्पनीले एक वर्ष भित्र कार्यालयको भवन निर्माण गरी वडा कार्यालयलाई हस्तान्तरण गर्ने कम्पनीका संचालक रवि गौतामले जानकारी दिनुभयो ।

सिलन्यास कार्यक्रममा विशिष्ट अतिथि उपप्रमुख अन्जना देबी मध्यकर्र्मी, अतिथिहरु वडा २ अध्यक्ष राम थापामगर, वडा ६ का अध्यक्ष इन्द्र बहादुर प्रजापति, वडा सदस्य तथा न्ययिक समिति सदस्य, म.ठि.न.पा उद्योग वाणिज्य संघका राज भक्त श्रेष्ठ ,कार्यपालिका सदस्य बिनु केसी, वडा सदस्य तथा लेखा समितीका संयोजक कृष्णाहरी आचार्य, वडा सदस्य निर्मला परियार, कार्यपालिका सदस्य सुजाता बाडे, अरुण कारन्जीतका साथै समाजस्वी, वुद्धिजिवी, स्थानियवासी, पत्रकार, स्थानीय प्रहरीको उपस्थिती रहेको थियो ।
कार्यक्रमको समापन वडा ३ का अध्यक्ष प्रेम कुटुले धन्यवाद ज्ञापन गर्दै समापन गर्नु भएको थियो ।







प्रतिकृया