काठमाडौंका पाँच अस्पतालमा कोरोना भाइरस उपचार
प्रकाशित मिति
२०७६ माघ १४ गते, मंगलवार ०८:४४
काठमाडौं । चीनको वुहानमा अध्ययन गरेर फर्किएका जनकपुरका ३२ वर्षीय युवकलाई कोरोना पोजेटिभ देखिएपछि नेपालले सतर्कता अपनाएको छ।
सरकारले चीनबाट आउने जोकसैको पनि स्वास्थ्य परीक्षण गरेर निगरानीमा राख्नसमेत थालेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कलाई सक्रिय बनाएको छ। अफ्रिकी मूलुकमा इबोला फैलिएपछि सरकारले त्यहाँबाट आउने व्यक्तिको स्वास्थ्य परीक्षण गर्न विमानस्थलमा ०७० मा हेल्थ डेस्क स्थापना गरेको थियो ।
तर, त्यसपछि प्रभावकारी नभएको हेल्थ डेस्कलाई अहिले सक्रिय बनाइएको छ । शनिबारबाट आठ स्वास्थ्यकर्मी परिचालन गरिएको छ । हेल्थ डेस्क इन्चार्ज गोपाल पाण्डेका अनुसार छात्रावृत्तिमा एमडी गरेर आएका डा निसान्त ठाकुर र टेकु अस्पतालका तीन मेडिकल अफिसर तथा तीन नर्स खटाइएको छ।
चीनबाट नेपाल आउने सबै यात्रुलाई हेल्थ डेस्कको बाटोभएर आउन सुचना पनि जारी गरी सकेको छ भने विमानस्थलको हेल्थ डेस्कमा ‘थर्मल स्क्यानर’ प्रयोग गरिएको छ । यसले एकैपटक एउटै बाटो भएर आउने तीन सय जनासम्मको ज्वरो जाँच गर्ने क्षमता राख्छ। त्यस्तै, चीनबाट नेपाल आउने सबै जहाजभित्रै फर्म वितरण गरिएको छ। सो फर्ममा यात्रुले आफ्नो सबै विवरण उल्लेख गर्नुपर्ने हुन्छ। भाषामा समस्या हुने भएकाले सरकारले चिनियाँ दूतावासबाट दोभाषेको व्यवस्था समेत गरेको छ।
कोरोनाबाट संक्रमित बिरामीको उपचार गर्न पाँच अस्पताल तोकेको छ।
सबै अस्पताल प्रमुखहरूलाई बोलाएर तयारी अवस्थामा रहन दिर्नेशन दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए। प्रारम्भिक चरणमा बिरामी हेर्न शुक्रराज तथा सरुवा रोग अस्पताललाई जिम्मा दिएको छ भने अन्य ४ अस्पताल
वीर अस्पताल,
सिभिल अस्पताल,
पाटन अस्पताल
र त्रिवि शिक्षण अस्पताल तोकिएका छन।नयाँ पत्रिका






प्रतिकृया