• १७ असोज २०८३, शनिबार
  • ९ः३३ राती

विप्लव समूहको कार्यकर्ता नेपालका बिभिन्न ठाँउमा

प्रकाशित मिति

२०७६ माघ १३ गते, सोमबार ०९:४५

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले काठमाडौं केन्द्रीत आन्दोलन गर्न थालेपछि गृहमन्त्रालयले आफू मातहतको सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा रहन दिर्नेशन जारी गरेको छ ।

National Life

केही हप्ता अघि ललिता निवास जग्गा काण्डका मुख्य नाई शोभाकर ढकालको घरमा बम विस्फोट गरेर बालुवाटारमा बम राखेर आतंकित बनाएको विप्लव नेतृत्वको प्रतिबन्धित माओवादीले काठमाडौं केन्द्रीत आन्दोलनलाई बढावा दिइरहेको त्यस घटनाबाट पनि पुष्टि हुन्छ ।

अझ यससम्बन्धि नेपाल प्रहरीले नयाँ सुराक पाएको छ । काठमाडौंमा विप्लव माओवादीले ठूलो अप्रेशन चलाउँदै भनेर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केही उच्च नेता र व्यापारीक समूहप्रति लक्षित गरी बम विस्फोट गराउन सक्ने सूचना पाएपछि सुरक्षा सतर्कता अझ बजबुत बनाइएको गृह श्रोतले बतायो । त्यसैकारण सिंहदरबार, बालुवाटार, संसद भवन, पुल्चोकस्थित मन्त्री निवास, नारायणहिटी संग्राहलय लगायत १८ ठाउँमा सुरक्षा सतर्कता अपनाइएको बताइन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी विप्लव नेतृत्वको नेकपा रुपन्देहीले गत शुक्रवार जेल तथा हिरासतमा बन्दी बनाइएका नेता तथा कार्यकर्ताहरुको रिहाइको माग गर्दै फोटो प्रदर्शनसहित कोणसभा गरेको थियो ।

त्यस्तै नवलपुर, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची नवलपरासी लगायतका जिल्लामा पनि बन्दीहरुको फोटो प्रदर्शनका साथै कोणसभा सम्पन्न भएको नेकपा स्रोतले बताएको छ ।

यस्तै ललितपुरस्थित नख्खु कारागारमा थुनामा राखेको नेकपा सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई विप्लव नेतृत्वको नेकपाले आफ्नो नेता तथा कार्यकर्ता रिहाइको माग गर्दै आन्दोलन चकाइरहेको बताइन्छ ।

यस्तै सुनसरीबाट पक्राउ परेका विप्लव माओवादीकी केन्द्रीय सदस्य उमा भुजेल केही समय सुसरीस्थित इनरुवामा राखेकोमा अहिले झापा पुर्याइएको छ ।
त्यसैगरी केन्द्रीय सदस्य चन्द्रप्रकाश चन्द लाई गिरफ्तार गरेर दाङ जेलमा राखिएको छ ।

अर्का नेता भरत वम ‘रणवीर’ लाई जेठ १२ मा बाँकेबाट गिरफ्तार गरेर बाँके कारागारबाट सरुवा गरी हाल बर्दिया जिल्ला कारागारमा राखिएको छ ।

त्यसैगरी नेता सुदर्शनसहित चैतमा काभ्रे,
तालढुङ्गा क्षेत्रबाट पक्राउ परेका प्रज्जवलनलाई रूपन्देही जेलमा राखिएको छ ।
त्यस्तै काठमाडौंबाट पक्राउ परेका केन्द्रीय सदस्य माइला लामा हाल नख्खु कारागारमा रहेका छन् ।
केसबहादुर बाठा ‘सुवास’ दाङ जेलमा रहेका छन् ।
अछामबाट पक्राउ परेकी बन्धु चन्द लाई धनगढीमा राखिएको छ ।

त्यस्तै बाजुराबाट पक्राउ परेका केन्द्रीय सदस्य चूडामणि वली ‘आदर्श’ बाजुरा जिल्ला कारागारमा राखिएको छ ।
यसैगरी काठमाडौंबाट पक्राउ परेका केन्द्रीय सदस्य हितमान र उदयपुरबाट पक्राउ परेका नेता दीपेश राई पनि जेलमै रहेका छन् ।

प्रतिकृया