• १७ असोज २०८३, शनिबार
  • ५ः२९ बेलुका

संस्कृतिकर्मीले देश निर्माणको युगमा होमिन सघाउने खालका साहित्य सिर्जना गर्नुपर्छ : वामदेव गौतम

प्रकाशित मिति

२०७६ माघ १३ गते, सोमबार ०८:२३

 

National Life

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का सचिवालय सदस्य वामदेव गौतमले पार्टीले कार्यकर्ताका लागि हालै जारी गरेको आचारसंहिता संस्कृति सुधारमा एक पहल भएको बताएका छन् । पार्टीको जनवर्गीय सङ्गठन जनसांस्कृतिक महासङ्घ नेपाल र यसका सात घटक सङ्गठनको केन्द्रीय कमिटीको शपथ कार्यक्रममा नेता गौतमले समाज रुपान्तरणको तल्लो एकाइ परिवारलाई सुधार गर्न नसक्नेले समाजलाई बदल्न नसक्ने बताए।

नेता गौतमले सांस्कृतिक क्रान्ति आर्थिक क्रान्तिको वाहक हो भन्दै संस्कृतिकर्मीले देश निर्माणको युगमा होमिन सघाउने खालका साहित्य सिर्जना हुनुपर्नेमा जोड दिए।

Classic Tech Mobile
Classic Tech Desktop

नेकपा नेतृत्वको करीब दुई तिहाइको सरकारले परिवर्तनलाई संस्थागत गर्नुपर्ने बताउँदै उनले राष्ट्रियसभाको निर्वाचनपछि नेकपाले सो सदनमा दुई तिहाइ स्थान हासिल गरेको जनाएका छन ।

प्रतिकृया