• १७ असोज २०८३, शनिबार
  • ४ः५३ बेलुका

२९ थान गोलीसहित पोखरा विमानस्थलबाट पक्राउ

प्रकाशित मिति

२०७६ माघ १२ गते, आईतवार ०५:४६

पोखरा विमानस्थलबाट ठूलो परिमाणको गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका, रिठ्ठेपानीमा बस्ने ४० वर्षीया जितु शाहीलाई पोखरा विमानस्थलबाट २९ थान गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

National Life

पोखरा विमानस्थलबाट यती एयरलायन्सको विमानमार्फत काठमाडौं जान लागेका शाहीको झोला विमानस्थलको एक्सरे मेसिनले परीक्षण गर्ने क्रममा २९ राउण्ड गोली फेला परेको एसपी कार्कीले बताए । एसपी कार्कीले शाहीलाई म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको बताए । उनको झोलाबाट बरामद गरिएका गोली २२ बोरको राइफलमा प्रयोग हुने गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरी नियन्त्रणमा रहेका शाहीमाथि अनुसन्धान स्वरुप कारवाही हुने एसपी कार्कीले बताए ।

प्रतिकृया