• २२ भदौ २०८३, सोमबार
  • ३ः२५ दिउँसो

ओली, प्रचण्ड, देउवा लगायत नेताका पुतला दहन गरी प्रदर्शन

प्रकाशित मिति

२०७६ माघ १० गते, शुक्रबार ०४:३३

काठमाडौं, पूर्व पधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाको गृह जिल्लामा प्रदर्शन सुरु भएको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) र सूचना प्रविधि विधेयकविरुद्धमा डडेल्धुरा सदरमुकाममा सत्तारुढ र प्रतिपक्षी दलका शीर्ष नेताहरुको पुतला दहन गरिएको हो ।

National Life

बिहीबार साँझ जिल्ला सदरमुकामको भीमदत्त शालिक नजिकै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस सभापतिका सभापति शेरबहादुर देउवाको पुतला दहन गरिएको हो । एमसिसी नेपालको स्वाधीनताविरुद्ध भएको र सूचना प्रविधि विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने भन्दै दुवैको खारेजीको माग गर्दै नेताहरूको पुतला दहन गरेको प्रदर्शनकारीहरुले जानकारी दिएका छन् ।

सरकारले नागरिकको स्वतन्त्रता र अधिकार कुण्ठित पार्ने काम गरिरहेकाले र नेपालमा सैन्य अखडा राख्ने उद्देश्यले अमेरिकाले एमसिसीअगाडि सारेको भन्दै जिल्ला सदरमुकाममा मोटरसाइकल र्याली र पुतला दहन गरेका हुन् । भारतीय विस्तारवाद मुर्दावाद, एमसिसी सम्झौता खारेज गर, सूचना प्रविधि विधेयक खारेज गर लगायका नारा लगाउँदै युवाहरूले सदरमुकाम बागबजार क्षेत्रमा नेपालको झण्डासहित प्रदर्शन गरेका हुन् ।

Classic Tech Desktop

प्रतिकृया