• ५ साउन २०८३, मंगलबार
  • ५:०८ बेलुका

आज राष्ट्रियसभा निर्वाचन हुँदै

प्रकाशित मिति

२०७६ माघ ९ गते, बिहीबार ०८:२९

काठमाडौं । संसदको माथिल्लो सदन राष्ट्रियसभाका १८ सदस्यका लागि आज मतदान हुँदैछ । ६ दलले भाग लिने निर्वाचनमा ४५ जना उम्मेदवार छन्।आज  हुने मतदानका लागि सातै प्रदेशमा मतदाताको चहलपहल शुरू भएको छ ।

मतदानका लागि प्रदेश सभा सदस्य तथा स्थानीय तहका मतदाताहरू सम्बन्धित प्रदेशको निर्वाचन केन्द्रमा आउने क्रम बढेपछि चलहपहल शुरू भएको हो ।निर्वाचन आोगले बिहीवार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदानका लागि समय तोकेको छ .

Kamana Sewa

निर्वाचन आयोगले मतदानका लागि सबै तयारी पुरा भएको भन्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ। आयोगले सातवटा प्रदेशका उच्च अदालत रहेका सातवटा स्थानमा मतदान स्थल तोकेको छ। प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुखले मतदान गर्न पाउनेछन।

Classic Tech Desktop

निर्वाचन आयोगका अनुसार सातवटा प्रदेशका ५ सय ५० जना प्रदेश सदस्य र १ हजार ५ सय ६ स्थानीय तहका पदाधिकारी गरी २ हजार ५६ जना मतदाता छन्। आयोगका अनुसार मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा मतदान स्थल तोकिएका छन्।

प्रदेश १ को बिराटनगर महानगरपालिकाको बीरेन्द्र सभागृहमा मतदान स्थल तोकिएको छ। उक्त केन्द्रमा यस केन्द्रमा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तह सदस्यतर्फ २ सय ८४ गरी ३ सय ६७ मतदाता छन्। प्रदेश २ को जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृती भवनमा मतदान स्थल तोकिएको छ।

प्रदेश २ मा १ सय ७ प्रदेशसभा सदस्य र २ सय ७२ स्थानीय तहका गरी ३ सय ७९ जना मतदाता छन्।

बागमती प्रदेशको ललितपुर महानगरपालिका वडा नं ४ वडासमितिको भवनमा मतदान स्थल तोकिएको छ। प्रदेश सभा सदस्यतर्फ १ सय १० र स्थानीय तह सदस्यतर्फ २ सय ३८ गरी ३ सय ४८ जना मतदाता छन्।

यसैगरी गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा मतदान स्थल तोकिएको छ। उक्त स्थलमा प्रदेश सभा सदस्यतर्फ ६० र स्थानीय तह सदस्यतर्फ १ सय ७० गरी २ सय ३० जना मतदाता रहेका छन्।

प्रदेश ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवनमा मतदान स्थल तोकिएको छ। उक्त स्थलमा प्रदेश सभा सदस्यतर्फ ८७ र स्थानीय तह सदस्यतर्फ २ सय १८ गरी ३ सय ५ जना मतदाता छन्।

कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसर भवनमा मतदान स्थल तोकिएको छ। उक्त स्थलमा प्रदेश सभा सदस्यतर्फ ४० र स्थानीय तह सदस्यतर्फ १ सय ५८ गरी १ सय ९८ जना मतदाता छन्।

सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयमा मतदान स्थल तोकिएको छ। उक्त स्थलमा प्रदेश सभा सदस्यतर्फ ५३ र स्थानीय तह सदस्यतर्फ १ सय ७६ गरी २ सय २९ जना मतदाता रहेका छन्।

प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारीले मत दिन पाउने भएपनि मतभार भने फरक हुनेछ। प्रदेश सभाका सदस्यको मतभार ४८ र स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको मतभार १८ कायम गरिएको छ ।

सातवटा प्रदेशका प्रदेशसभा सदस्य जम्मा ५५० र स्थानीय तह सदस्यतर्फ एक हजार ५ सय ६ गरी कुल दुई हजार ५६ जना मतदाता रहेका छन् ।

प्रतिकृया