• ६ असोज २०८३, मंगलबार
  • ६ः५२ बिहान

विश्व बरियतामा नेपाली खेलाडी ११औँ स्थानमा

प्रकाशित मिति

२०७६ पुष २९ गते, मंगलवार ०२:५८

काठमाडौं, नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व बरियतामा प्रिन्स ११औँ स्थानमा उक्लिएका छन् । एकसाता अघि प्रिन्स विश्व बरियतामा १४ औँ स्थानमा थिए । विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता सिनियरतर्फ तथा यु–१९ जुनियर खेलाडीको बरियता निर्धारण गर्नेगर्छ ।

National Life

प्रिन्सले प्राप्त गरेको बरियता हालसम्म ब्याडमिन्टनमा नेपाली खेलाडीले हासिल गरेको उत्कृष्ट नतिजा हो । हालै सम्पन्न प्रेसिडेण्ट कप इन्टरनेशनल प्रतियोगितामा प्रिन्स यु–१९ को फाइनलमा भारतीय खेलाडी मिराव लुवाङसँग १६–२१, २३–२१ र १५–२१ अङ्कले पराजित भएका थिए । भारतीय खेलाडी लुवाङ विश्व बरियताको तेस्रो स्थानमा छन् ।

दुई साताअघि प्रिन्स विश्व बरियताको ३२औँ स्थानमा थिए । गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स (युएई)मा सम्पन्न दुबई इन्टरनेशनल सिरिजको उपाधि जितेपछि उनको बरियतामा उल्लेख्य सुधार भएको हो । ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा फ्रान्सका क्रिस्टो पोपोभ शीर्ष स्थानमा छन् भने चीनका लिउ लियाङ बरियताको दोस्रो स्थानमा छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया