• ६ असोज २०८३, मंगलबार
  • ८ः५६ बिहान

कमरेड भीम रावल नआतिनुहोसः नेता काफ्ले

प्रकाशित मिति

२०७६ पुष २९ गते, मंगलवार ०२:४१

काठमाडौंः नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघका नेता कुन्दनराज काफ्लेले नेपाल कम्युनिष्ट पार्टीका नेता तथा स्थायी कमिटी सदस्य भीम बहादुर रावललाई नडगमगाउन आग्रह गर्नुभएको छ ।

National Life

आइतबार नेता भीम रावलले आफुलाई सिंहदरबार भित्रबाटै ज्यान लिनेसम्मको धम्की आएको भन्दै संचारमाध्ययमा अभिव्यक्ति दिएपछि काफ्लेको यस्तो प्रतिकृया आएको हो ।

काफ्लेले सोमबार सामाजिक संजालमार्फत भीम रावलको सुरक्षा गर्न कांग्रेस तयार भएको र कसैले आफ्नो बिचार राख्दा धम्की दिन्छभने त्यससँग नडराउन आग्रह गर्नुभएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

काफ्लेले लेख्नुभएको छ, ‘कम्युनिजम कति क्रुर हुन्छर ? शासकले मदोन्मत्त अन्धवेगमा विवेकहीन चरित्र देखाउँछ । कम्युनिष्ट विचरधारामा सत्य कुरा राख्न पाइदैन भन्ने ज्वलन्त उदाहरण कमरेड भीम रावल नआतिनुहोस कमरेड भिम रावल ज्यु तपाईं कै बिचार सुरक्षा गर्नको लागी हामी कांग्रेस भएको तपाईं कै पार्टी भित्र तपाईंको आवाज सुरक्षीत गर्न हामी लोकतन्त्र बादी युवाहरु तयार छौ। युवा कमरेडहरुले बुझ्न जरुरी छ । बालुवाटारले सत्यवक्तालाई ज्यान मार्ने धम्की दिएछ । के हामी यसैका लागि गणतन्त्र रोजेका हौं ? नडराउनुहोस् कमरेड । सत्यमेव जयते ।’

प्रतिकृया