• २२ भदौ २०८३, सोमबार
  • ५ः२८ बेलुका

पक्राउ चिनियाँ नागरिक लैजान दुईवटा चार्टर विमान पठाउने तयारी

प्रकाशित मिति

२०७६ पुष १५ गते, मंगलवार ०७:१६

काठमाडौं ,नेपाल बसेर चीनमा इन्टरनेटमार्फत अवैध गतिविधि गरिरहेको आशंकामा पक्राउ परेका चिनियाँ नागरिकलाई गृह मन्त्रालयले विशेष निर्णय गरेर भिसा दुरुपयोगको कसुरमा देश निकाला गर्ने तयारी गरेको छ ।

National Life

७ पुसमा राजधानीका नौ वटा घरबाट नेपाल बसेर चीनमा आर्थिक अपराधका घटनामा संलग्न रहेका १ सय २२ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूले नेपाल बसेर इन्टरनेटमार्फत चीनमा अर्थतन्त्र धराशायी बनाउने गरी गतिविधि गरेको, इन्टरनेटमार्फत जुवा खेलाएको र इन्टरनेटबाट नै यौनजन्य अश्लिल गतिविधि गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

अध्यायमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले प्रहरीतर्फको अनुसन्धान सकिएपछि चिनियाँ दूतावाससँगको समन्वयमा उनीहरूमाथि अध्यागमन कानुन दुरुपयोग गरेको कसुरमा कारबाही प्रक्रियाअघि बढ्ने जानकारी दिए ।अध्यागमन विभागले प्रहरीतर्फको अनुसन्धान सकिएपछि पक्राउ परेकाहरूसँग पासपोर्ट भए नभएको हेर्ने, नभएकाहरूको अन्य डकुमेन्ट खोज्ने र अन्य कुनै डकुमेन्टसमेत फेला नपरे चिनियाँ दूतावाससँगको समन्वयमा आंैठा छापको बायोमेट्रिक प्रणालीमार्फत उनीहरूको ट्राभल डकुमेन्ट बनाएर निष्कासन गरिने जनाएको हो ।

Classic Tech Desktop

यसरी निष्कासन गर्ने आफ्ना नागरिकलाई लिन चीनले दुईवटा चार्टर विमान पठाउने तयारी गरेको छ । अभद्र व्यवहारको मुद्दाको अनुसन्धान सकिएपछि मात्रै विमान कहिले आउने भन्ने टुंगो लाग्नेछ ।प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकको साथबाट ७ सय ४७ थान मोबाइल र ३ सय ३१ थान ल्यापटप, ९८ वटा सीपीयू, ९९ मोनिटर, २२ पेनड्राइभ र ३ सय २७ थान सिमकार्ड बरामद गरेको थियो ।राजधानी दैनिकबाट साभार ।

प्रतिकृया