राष्ट्रियसभा निर्वाचन: दललाई निर्वाचन चिह्न प्रदान (सूचि सहित)
प्रकाशित मिति
२०७६ पुष ९ गते, बुधबार ०२:४६
काठमाडौँ, राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ ।
आयोगले माघ ९ गते हुन लागेको निर्वाचनका लागि ११ दललाई चुनाव चिह्न दिएको हो ।
११ दललाई निम्न चिह्न प्रदान गरिएको छ :

१) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सूर्य

२) नेपाली कांग्रेसलाई रुख
३) समाजवादी पार्टीलाई पाँच औंलासहितको हत्केला
४) राष्ट्रिय जनता पार्टीलाई ढल्केको छाता
५) राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई
६) राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)लाई हलो
७) राष्ट्रिय जनमोर्चालाई गिलास
८) नेपाल मजदुर किसान पार्टीले मादल
९) नेपाल संघीय समाजवादी पार्टीले बस
१०) नेपाली जनता दलले गोरु गाडाको चक्का
११) इतिहासिक प्रजातान्त्रिक जनता पार्टीले ट्याक्टर
आयोगले सातवटै प्रदेशमा निर्वाचन अधिकृत तोकेको छ ।
१) प्रदेश १ मा मेदिनीप्रसाद पौडेल
२) प्रदेश २ मा राजकुमार खतिवडा
३) प्रदेश ३ मा महेन्द्रकुमार कार्की
४) गण्डकीमा कालीबहादुर राई
५) प्रदेश ५ मा रितेन्द्र थापा
६) कर्णालीमा राजेन्द्रकुमार कर्माचार्य
७) सुदुरपश्चिममा विदूर काफ्ले




प्रतिकृया