नेपाल शेर्पा संघको अध्यक्षमा ङवाङ सोनाम शेर्पाकोे उम्मेदवारी घोषणा
प्रकाशित मिति
२०७६ पुष ३ गते, बिहीबार ०५:२७
राज्यको हरेक निकायमा शेर्पाको प्रभावकारी प्रतिनिधित्व गराउन कदम चाल्छु : उम्मेदवार सोनाम शेर्पाकोे
काठमाडौं, नेपाल शेर्पा संघको पौष ४ गते देखि हुने महाधिवेशनमा ङवाङ सोनाम शेर्पाले अध्यक्षमा उम्मेदवार घोषणा गरेका छन् । बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ङवाङले उम्मेदवारी घोषणा गरेका हुन् । संघका बहाल वाला महासचिव ङवाङलाई निवर्तमान अध्यक्ष पेमा छिरी शेर्पा, सल्लाहकार आङछिरिङ शेर्पा, निमी शेर्पा, पूर्व महा सचिव ङिमा तेण्डुप शेर्पा, सदस्य छिरिङ ओङदी शेर्पा लगायतले समर्थन गरेका छन् ।
कार्यक्रममा उम्मेदवारी घोषणा गर्दै ङवाङ सोनाम शेर्पाले आफू सकेसम्म सर्व सम्मतबाट चयन हुनेतर्फ बढिरहको र नभएमा अत्याधिक बहुमतले विजयी हुने बताए । संघ सामाजिक संस्थाभएकाले यसमा राजनीति नगर्न आग्रह गरे । सामाजिक संस्थालाई राजनीतिक थलो नबनाउन आफ्नो उम्मेदवारी रहेको बताए । उनले भने, ‘यसलाई हामी सबैले शेर्पाहरुको साझाथलोका रुपमा अझविकास गर्छौं ।’उनले सबैलाई समेटेर जानआफू निरन्तर सक्रिय रहेको बताए । आफ्नो उम्मेदवारीको समर्थनमा शेर्पा संघका वर्तमान र पूर्व पदाधिकारीहरु समेत रहेको बताए । शेर्पाहरुको धर्म संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्नका साथै विकास गर्न आफूले विशेष भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे ।
शेर्पा समुदायलाई देशको सबै क्षेत्रको मूलधारमा प्रवाहीकरण गर्न कार्यक्रम अगाडि सार्ने बताए । ङवाङले भने, ‘शेर्पा समुदाय अहिलेसम्म न्यायाधीशबन्न सकेका छैनन्, प्रहरीमा उच्चपदमा पुगेका छैनन्, निजामतीको उच्चपदमा पुग्न सकेका छैनन् र सेनाको उच्चतहमा छैनन् ।’युवाहरुलाई सशक्त बनाउन आफूले प्रभावकारी कार्यक्रम ल्याउने समेत बताए । उनले सम्पुर्ण शेर्पाहरुको हकहितको लागि दुरदराजमा रहेका शेर्पाहरुलाई राज्यको मुलधारमा ल्याउन पहल कदमी गर्ने पनि बताए । ‘हिमालभन्नु नै नेपाल र नेपालभन्नु नै हिमालहो भन्ने पनि प्रमाणित गर्नलाई मेरो उम्मेदवारी हो,’उनले भने ।
शेर्पा संघका पूर्वअध्यक्ष पेमा छिरिङ शेर्पाले ङवाङ सोनाम शेर्पाको उम्मेदवारीको समर्थन गर्दै उनमा नेतृत्वक्षमता रहेको बताए । सबैलाई मिलाएर लान सक्ने भएकाले ङवाङ सक्षम र सशक्त उम्मेदवार भएको जानकारी दिए । छरिएर बसेका शेर्पाहरुलाई एकताको शुत्रमाबाध्न, शेर्पाहरुको हकअधिकार सुनिश्चिनगर्न ङवाङलाई जिताउनुपर्ने बताए । नेपाल शेर्पा संघको सल्लाहकार आङ छिरिङ शेर्पाले शेर्पा संघ विशुद्ध सामाजिक संस्था भएकाले यसमा राजनीतीकरण गर्नु हुदैन भन्दै केही अग्रजहरुले विभाजन ल्याउन खोजिरहेकोमा असन्तुष्टि व्यक्त गरे । उनले शेर्पा समुदायमा विभाजन र राजनीतिक हस्तक्षेप नगर्न पनिआग्रह गरे ।
संघका पूर्व महासचिवङिमा तेण्डुप शेर्पाले ङवाङसँग सबैलाई मिलाएर जानसक्ने क्षमता देखाइ सकेको बताए । महासचिव हुँदा राज्यको सम्बन्धित निकायमा शेर्पा समुदायको मागको सम्बोधन गराउन विशेष भूमिका खेलेर क्षमता देखाइसकेको जानकारी दिए । नेपालशेर्पा महिला संघकी अध्यक्षत थानेपालशेर्पा संघकी सल्लाहाकार निमी शेर्पाले ङवाङ हरेक पक्षबाट योग्य र सबै शेपोहरुको समस्या बुझ्न सक्ने क्षमताको भएकाले नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिइन् । उनले शेर्पा समुदायलाई एकजुट भएर अगाडि बढ्न समेत आग्रह गरिन् ।
नेपाल शेर्पा संघका सदस्य छिरिङ ओङ्दी शेर्पाले ङवाङ शेर्पालाई सर्वसम्मतले विजयी गराउनुपर्ने बताइन् । सबै मिलेर सही नेतृत्वचयन गरेर जानुको विकल्प नभएको बताए । ४ पौष शुक्रबारबाट हुन गइरहेको नेपाल शेर्पा संघको छैठो महाधिवेशन काठमाडौ स्थित बौद्धमा हुन गइरहेको छ । पौष ४ र ५ गते हुने महाधिवेशनको उद्घाटन भोलि ११ बजे उपराष्ट्रपति नन्दकिशोर पुन पासाङले गर्दैछन् । छ सयको हाराहारीमा मतदाताहुने अधिवेशनले चार वर्षे कार्यकालका लागि ३७ सदस्यीय कार्य समिति चयन गर्नेछ ।






प्रतिकृया