भारतीय अतिक्रमणविरुद्ध क्यानडामा गैर आवासीय नेपालीद्धारा प्रदर्शन
प्रकाशित मिति
२०७६ मंसिर २९ गते, आईतवार ०४:०२
एजेन्सी, भारतीय अतिक्रमणविरुद्ध क्यानडामा गैर आवासीय नेपालीले प्रदर्शन गरेका छन् । भारतले नेपाली भू–भागहरु कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता क्षेत्रहरु आफ्नो राष्ट्रिय नक्शाभित्र समेटेको विरोधमा नेपाललगायत विश्वभरि रहेको गैर आवासीय नेपालीले विरोध जनाइरहेका छन् । त्यसै सिलसिलामा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) क्यानडाको नेतृत्वमा टोरोन्टोमा रहेको भारतीय दुतावास अगाडी प्रदर्शन गरिएको छ ।
साथै विरोधमा एनआरएनए क्यानडाले टोरोन्टोस्थित दूतावासमा बिरोध गर्दै चेतावनी पत्र बुझाएको छ । टोरोन्टो स्कारबोरो, मिसिसागा ब्राम्पटन लगायत ग्रेटर टोरोन्टोका विभिन्न सहरबाट सयौंको संख्यामा सहभागी गैह्र आवासिय नेपालीहरुले दूतावासअगाडी प्ले कार्ड र व्यानरसहित केहिबेर प्रदर्शन समेत गरेका छन्।
नेपालको अतिक्रमित भूभाग फिर्ता गर्नुपर्ने, नेपालको स्वाभिमानमाथिको हस्तक्षेप बन्द गर्नुपर्ने, भारतीय हेपाहा प्रबृत्ति सधैको लागि अन्त्य हुनुपर्ने जस्ता नाराहरु उनीहरुले लगाएका थिए । विरोधसभामा स्थानिय संघसंस्थाका प्रतिनिधिहरुले नेपालका सिमा क्षेत्रमा भइरहेका सिमा अतिक्रमण तत्काल बन्द गरेर अतिक्रमित भूभाग फिर्ता नगरे क्यानडाबासी नेपालीहरुले थप कदम समेत चाल्न सक्ने एउटै चेतावनी दिएका छन्
बिरोध कार्यक्रममा एनआरएनए क्यानडाका तर्फबाट अध्यक्ष चिरन्जिवी घिमिरे, पूर्व अध्यक्ष एवं वर्तमान आइसिसी सदस्य गोपीकृष्ण काफ्ले, संस्थापक नवराज गुरुङ, वर्तमान उपाध्यक्ष विजय पौडेल, एनसीसीएस टोरोन्टोका अध्यक्ष विदुर केसी, एनसीएनसीकी सचिव संगीता जिसी, प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष रमेश थापा, एनआरएनए क्यानडाका सल्लाहकार मुगा राजभण्डारी लगायतले मन्तब्य राख्नुभएको थियो ।






प्रतिकृया